0 COMMENTS

असोज ४, काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरु आन्दोलनमा उत्रिएपछि आजबाट देशभरका सामुदायीक विद्यालय पूर्णरुपमा बन्द भएका छन् । यसबाट देशभरका ७० लाख भन्दाबढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ ।

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरू काठमाडौँ आएका छन् । बिहीबारबाट सुरु भएको आन्दोलन सुरु भएपनि सार्वजनिक बिदा भएका कारण आजबाट विद्यालय पूर्णरुपमा बन्द हुने भएका हुन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका हुन‍् । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुनेछ ।

शिक्षकहरुले सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा पछि बिदाका दिनमा पनि विद्यालय खुला गरेर पठाउन बताएका छन् ।

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था गरेको छ । जसप्रति शिक्षक र तिनका संस्थाले विरोध गरेका हुन् । काठमाडौँ महानगरपालिकासहित देशका कतिपय स्थानीय तहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

सरकारले शिक्षकहरुलाई वार्तामा बोलाएको छ तर, सरकार र शिक्षकबीच वार्ताको वातवरण अहिलेसम्म बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।