0 COMMENTS

भदाै १५, बाँके । कोहलपुर नगरपालिका वडा नं. ३ मैटवास्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर खत्रीले विभिन्न शीर्षकमा भ्रष्टाचार तथा मनोमानी गरेको गुनासो अभिभावकहरूले गरेका छन् । किर्ते कागज बनाई सामान खरिद गर्ने तयारी गरेको कागजात फेला परेपछि बिहीबार बोलाइएको सर्वदलीय छलफलबाट प्रअ खत्री भागेपछि अभिभावक आक्रोशित बनेका छन् । बैठकबाट भागेका प्रअ खत्रीलाई छलफलमा बोलाउन र भ्रष्टाचार छानबिन गरी कारबाही गराइदिन अभिभावकहरूले क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीलाई आग्रह गरेका छन् ।

सामुदायिक विद्यालयहरूको स्तर खस्कँदै जानुको एउटा प्रमुख कारण विद्यालयमा भएको मनोमानी, लापरबाही र भ्रष्टाचार रहेको अभिभावकहरूको गुनासो छ । भ्रष्टाचारकै कारण सरकारी विद्यालयप्रति समुदायको वितृष्णा बढ्दै गएको देखिन्छ । सामुदायिक विद्यालयमा राजनीतिक शक्तिको आडमा केवल जागिर खाएर बसेका शिक्षकहरूले नियमित पठनपाठनमा हेलचेक्र्याइँ गरिरहेकाले सूक्ष्म अध्ययन, निगरानी र कारबाही नभएसम्म महँगा निजी विद्यालयप्रतिको आकर्षण कम हुन नसक्ने विज्ञहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।