0 COMMENTS

भदाै १५, काठमाडौँ । आज काठमाडौँ महानगरपालिकाले सार्वजनिक बिदा दिइएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार आज सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो ।

सापारु र रोपाइ जात्राको परम्परालाई निरन्तरता दिँदै र त्यसको महत्वको प्रचारप्रसार गर्नका लागि महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको बताइएको छ । नेवार समुदायले काठमाडौँमा बिहीबार नै गाईजात्रा मनाए पनि आज रोपाइ जात्रा मनाउने भएपछि महानगरपालिकाले सो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।