0 COMMENTS

भदाै १५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भदौ ११ गते चीन सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा नसमेटिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता कञ्चनले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै चीन सरकारलाई उक्त नक्सा सच्याई नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्न हार्दिक अनुरोध गरेका छन् ।

प्रवक्ता कञ्चनले तत्कालीन केपी ओली सरकारले वास्तविक नक्सा जारी गरेको देखाएर नेपाली जनताका सामु देशभक्त भएको बहाना गर्ने र त्यसको आधिकारिक जानकारी नदिएर भारतीय शासक वर्गलाई नचिढ्याउने घोर राष्ट्रघाती र जनतालाई गुमराहमा पार्ने काम गरेको भन्दै उक्त घटनाको तीव्र विरोध गरेका छन् र कूटनीतिक माध्यममार्फत राष्ट्रसङ्घसहित सम्बन्धित सबै देशहरूलाई नयाँ नक्सासम्बन्धी निर्णयको जानकारी दिन र त्यसको कार्यान्वयन गराउन वर्तमान सरकारसँग जोडदार माग पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।