0 COMMENTS

साउन ३२, कैलारी । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । गुरही पर्व थारू समुदायको विशेष पर्व हो ।

सो पालिकामा थारु समुदाय गुरही पर्वलाई विशेष पर्वको रुपमा मनाउँदै आएकोले यो वर्ष भदौ ४ गते गुरही पर्वको अवसर पारेर पालिकाले एक दिन स्थानीय बिदा दिने निर्णय गरेको हो ।

भदौ ४ गते गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्थामा स्थानीय बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर ऐरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।