0 COMMENTS
साउन २७, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीले नेपाल आयल निगमको अवैध धन्दाका बिरुद्ध बिरोध कार्यक्रम सम्पन्न गरेको छ । शनिबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीको आयोजनामा नेपाल आयल निगम क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दास र कर्मचारीको मिलेमतोमा भएको अवैधानिक धन्दा बन्द गर्न र दोषीलाई कारवाही गर्ने मागका साथ नेपाल आयल निगम पोखरा भण्डरिकमा बृहत कोणसभा सम्पन्न भएको हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको युवा नेता सूर्यले उक्त कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने विद्यार्थी संगठन केन्द्रीय सचिवालय सदस्य तथा कास्की जिल्ला संयोजक कमलाले त्यहाँ भएको व्यथितीको जानकारी गराउँदै यसको सधैं विरोध गर्ने र प्रशासनले दोषी जोगाउन र ढाकछोप गर्न खोजेमा हाम्रो पार्टीले धावा बोल्दै पार्टीगत कारवाही गर्ने चेतावनी पनि दिनु भएको छ । भने युवा नेता लोकेन्द्रले आयल निगम घाटामा जानुको मुख्य कारण यही र यस्तै अन्य घटना हुन भन्दै कोणसभा समापन गरेका थिए । 
नेपाल आयल निगमको उक्त अवैध धन्दाका बिरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीले बिरोध कार्यक्रम गरेको जनाएको छ ।
उक्त कार्यक्रमको कोणसभामा “नेपाल आयल निगमका कमिसन खोरहरुलाई कारवाही गर “, “भरष्टचारको अन्त्य गर”, “सरकारी सम्पत्ति दोहन गर्न पाइँदैन” ,”यस्ता भ्रष्ट चाइदैन”, “क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपाल जिन्दाबाद ” र “दलाल संसदीय व्यवस्था मुर्दावाद” जस्ता नाराहरू लगाइएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।