0 COMMENTS

जेठ २७, काठमाडाैँ । दाङ र जाजरकोटमा पानीमा डुबेर तीन बलकको मृत्यु भएको छ । दाङमा राप्ती नदीमा डुबेर एक र जाजरकोटमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो ।

दाङमा मृत्यु हुनेमा लमही नगरपालिका -४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन् । शुक्रबार मध्याह्न घर नजिकै करिब ५:३० बजेको समयमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । मृतककाे शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

यस्तै जाजरकोटमा मृत्यु हुनेमा भेरी नगरपालिका-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेको प्रहरीले जनाएको छ । उनीहरू खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको जाजरकोटमा प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।

उनका अनुसार दुवै बालक विद्यालयबाट फर्केर घरमा खाजा खाई खेल्न गएका थिए । उनीहरू डुबेको स्थानीयले देखेपछि एक जनालाई मिसन अस्पताल चौरजहारी र अर्को एक जनालाई जिल्ला अस्पताल जाजरकोट लिइएको थियो । तर, दुई जनालाई अस्पतालले मृत घोषणा गरेको प्रहरी निरीक्षक थापा नेपालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।