0 COMMENTS

जेठ २७, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठुलो भारतीयको प्रतिकिलो अधिकतम मूल्य ६० रुपैयाँ रहेको छ । यस्तै गोलभेडा सानो टनेलको २० रुपैयाँ छ । 

यसैगरी मूला रातोको ४०, काउली स्थानीयको ६०, मकैबोडीको ६०, लौकाको ६०, भिण्डीको ७०, रायो सागको ५० रुपैयाँ कायम छ । यस्तै अनारको ४००, मौसमको २००, भूईँ कटहरको २००, अदुवाको २५०, भेडे खुर्सानीको ७० रुपैयाँ मूल्य कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।