0 COMMENTS

जेठ २७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय समितिको सचिवालयको प्रथम बैठक सम्पन्न भएको छ । जेठ २३ गतेदेखि २६ सम्म सञ्चालित बैठकले सबै तहको एकता साउन १५ सम्म टुङ्ग्याउने निर्णय गरेको छ । बैठकमा राजनीतिक र सङ्गठनात्मक दुईवटा प्रस्ताव पेस गरिएको थियो । दुवै प्रस्तावमा सचिवालयका सबै सदस्यले आआफ्ना धारणा र सुझाव राखेका थिए । दुवै प्रस्तावहरू सुझावहरूलाई समेट्दै पारित गरिएको थियो ।

सचिवालयका सदस्यहरूले राखेका जिज्ञासाहरूको जबाफ अध्यक्ष किरण र प्रवक्ता कञ्चनले दिएका थिए । नयाँ जनवादी क्रान्तिको बाँकी रहेको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादी क्रान्ति पूरा गर्ने कार्यदिशासहितको प्रतिवेदन गत वैशाख १६ गतेको एकता अधिवेशनले पारित गरेको थियो । अध्यक्ष किरणले सचिवालय सदस्यहरूले उठाएका जिज्ञासाहरूको प्रत्युत्तर दिँदै यो एकता ऐतिहासिक भएको, क्रान्तिकारीहरूबीचको एकताले जनतामा पनि उत्साह उत्पन्न थपेको बताएका थिए । उनले एकता, सङ्घर्ष र रूपान्तरण विधिद्वारा पार्टीमा अन्तर्घुलन गर्दै द्वन्द्वात्मक भौतिकवादी पद्धति आत्मसात गर्ने सहमति भएको बताएका थिए । उनले आगामी महाधिवेशन आयोजक समितिको बैठकले एकता महाधिवेशनको तिथिमिति तय गर्ने बताएका थिए । अन्य क्रान्तिकारी शक्तिसँग पनि एकताका लागि पहल गर्ने र संयुक्त मोर्चा बनाउने उनले बताएका थिए ।

त्यसैगरी प्रवक्ता कञ्चनले क्रान्तिकारी पार्टीहरूका बीचमा भएको एकताले नयाँ अभिभारा थपिएको बताएका थिए । उनले विगतमा नेताहरूले क्रान्ति सफल गर्ने अवसर पाउँदा पनि किन गर्न सकेनन्, क्रान्ति किन हुन सकिराखेको छैन ? टुटफुट किन भैराख्छ ? यिनीहरूको तथ्यपरक अध्ययन गर्दै अबका दिनमा नेपाली क्रान्तिलाई अघि बढाउनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।