0 COMMENTS

नेपाली कम्युनिष्ट आन्दोलनका अविस्मरणीय व्यक्तित्व क.बलराम उपाध्यायको १९ औं स्मृृति दिवस बिहिबार काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा राजनीतिक कूटनीतिक एवं पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले दलाल पूँजिवाद र विचौलियाले सत्तामा खेलिरहेको बताउँदै नेपाललाई अन्तराष्ट्रियको खेल्ने मैदान बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले ‘आफू नेता, मन्त्री छन्, श्रीमतीहरु NGO/INGO, Bording School, Medical  चलाउने, यसरी कम्युनिष्ट आन्दोलन कसरी जानसक्छ ?’ भन्दै प्रतिप्रश्न गनुभयो । उहाँले शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण नगरी समाजवाद आउन नसक्ने बताउनु भयो । ‘कम्युनिष्ट नेतृत्वले सरकारमा भएको बेला केही नगर्ने, दलाली गर्ने, प्रतिपक्षमा हुँदा के के नै गछौं ?’ भन्ने ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेलले लडाईंमा बन्दुक, गोलीबाट नढलेका कमरेडहरु संसद, सत्तामा गएपछि किन ढलेको ? भन्ने प्रश्न गर्नुभयो । उहाँले सरकारमा बसेर पनि भ्रष्टाचार छ भनेर भष्टाचार विरुद्धमा लागेको सरकारलाई धन्यवाद दिदैं भन्नुभयो  हेरौ यो कहाँसम्म पुग्छ ? कार्यक्रममा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले इगो मात्र हटाउने हो भने कम्युनिष्टहरु मिल्न सक्छन् भन्नुभयो । कार्यक्रममा पूर्व सांसद एवं क.बलराम उपाध्याय स्मृति फाउण्डेसनका अध्यक्ष सोमनाथ प्यासी, तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्य, सोही फाउण्डेसनकी आजीवन सदस्य सावित्रा भट्टराई र पुष्पलाल अध्ययन समाजका उपाध्यक्ष रामबहादुर भण्डारी र बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।