0 COMMENTS

फागुन २३, दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दार्चुलाकाे महाकाली नगरपालिका- ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश-०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् ।

जीपमा भारतीय नागरिक रहेका बताइएको छ । भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्न आएका बुझिएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । जीप बाङ्गाबगरको जीपपार्कबाट लास्कु खोलामा खसेको हो । मङ्गलबार बिहान भएको घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।