0 COMMENTS

फागुन २३, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा विहानबाट सुरु भएको माओवादी धारका नेताहरुको संयुक्त बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहानबाट सुरु भएको बैठकपछि संयुक्त विज्ञप्ति जारी गरिएको छ । विज्ञप्तिमा शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानूनी एवं संस्थागत व्यवस्थाको लागि सरकारको सँग माग समेत गरिएको छ ।

शान्ति सम्झौता र परिवर्तन विरुद्ध हुने कुनै पनि गवितिधिको प्रतिवाद गर्न पनि नेताहरु एक मत भएका छन् । त्यस्तै, विभिन्न राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्छ भन्नेमा समेत प्रतिवद्धा जाहेर गरेका छन् । संक्रमणकालिन न्यायसँग सम्बन्धीत विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमाफेत अगाडि बढाउनुपर्नेमा नेताहरु जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।