0 COMMENTS

साउन २१, काठमाडौँ । रुसी सेनाले युक्रेनको खारकिभमा भिषण महला गरेको छ । रुसको कब्जामा गएको उक्त शहरमा युक्रेनले केही दिनदेखि अमेरिकाले दिएको मिसाइल सिस्टम र विदेशी सेनाको सहयोगमा मिसाइल प्रहार गरिरहेको थियो । रुसी सेनाको नियन्त्रणमा रहेको एयरपोर्टमा रुसको क्षति समेत पुर्याएको थियो । अमेरिकाले दिएको दुईवटा हाईमार्स मिसाइल सिस्टम आफ्नो सेनाले ध्वस्त पारिदिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । एक भिडियो जारी गर्दै रुसी रक्षा मन्त्रालयले अमेरिकाले दिएको उक्त मिसाइल सिस्टम टर्बाइन प्लान्टमा तैनाथ गरिएको थियो ।

रुसी एयर फोर्सले उक्त मिसाइल सिस्टमलाई निसाना बनाएर हमला गरेको थियो । उक्त सिस्टमले रुसी सेनाको एयर फोर्सले गरेको हमलालाई रोक्न वा पूर्व सूचना दिन नसकेको बताइएको छ । विरोधी सेनाले गरेको मिसाइल हमलालाई रोक्न भनिएको उक्त मिसाइल सिस्टमलाई रुसी सेनाले फेल गरिदिएको छ । उक्त मिसाइल सिस्टमबाट रुसविरुद्ध हमला गरिरहेका ५३ जना विदेशी सेनाको पनि मृत्यु भएको रुसले दाबी गरेको छ । अमेरिकासहित बेलायत, इटलीका सेनाले उक्त मिसाइल सिस्टमको नेतृत्व गरेको रुसले दाबी गरेको छ । उक्त हाईमार्स मिसाइल सिस्टमसँगै त्यहाँ कार्यरत अधिकांश विदेशी सेनाको मृत्यु भएको बताइएको छ ।

यसैबीच रुसी सेनाले गरेको एक अर्को हमलाबाट युक्रेनको ठूलो क्षति भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार उक्त हमलाबाट २ युक्रेनी सेनाको मृत्यु भएको छ भने दर्जनौं बख्तरबन्द गाडीहरु ध्वस्त भएका छन् । त्यसैगरी रुसी सेनाले ओडिसामा पश्चिमा देशले दिएको हर्पुन मिसाइल पनि ध्वस्त पारिदिएको छ । केही दिनदेखि उक्त मिसाइलबाट रुसी सैन्य क्षेत्रमा हमला भइरहेको थियो । पछिल्ला यी दुई घटनाले युक्रेनलाई ठूलो झट्का लागेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यी मिसाइल सिस्टमले रुसलाई पछि हटाउने बताउँदै आएका थिए ।

रुसले ब्ल्याक सीमा फेरि शक्तिशाली कलिबर मिसाइल तैनाथ गरेको छ । आवाज भन्दा तीन गुण तीब्र गतिको उक्त मिसाइल ५ सयसम्म परमाणु अस्त्र बोक्न सक्छ । रुसले वारशिपसहित स्पेशल फोर्स ब्ल्याक सीमा तैनाथ गरेको थियो । अहिले उक्त संख्या बढाएको छ । यसैबीच रुसले सम्झौताअनुसार ब्ल्याक सी हुँदै युक्रेनबाट खाद्यान्न बोकेको डुंगालाई गन्तव्य जान दिएको छ । केही दिनअघि रुस र युक्रेनबीच उक्त क्षेत्रबाट खाद्यान्न सप्लाई नरोक्ने सहमति भएको थियो । खाद्यान्न बोकेको उक्त डुंगा लेबनान पुगेको बताइएको छ । योसँगै विश्वमा खाद्यान्न संकट केही कम हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।