0 COMMENTS

साउन २१, धनगढी । कैलालीको टीकापुरमा एक बालकको डुबेर ज्यान गएको छ । टीकापुर नगरपालिका-१ एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेश परियारको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

दिनेशको नुहाउने क्रममा जमरा कुलोमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । पानीमा डुबेर बेहोस भएका बालकलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल लगिएको भए पनि उनको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।