0 COMMENTS

साउन २१, काठमाडौँ । नेपालमा आज ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ९४२ जनाको पीसीआर परीक्षणमा ३२६ जना र २ हजार ७४० जनाको एन्टीजेन परीक्षणमा ३३४ जना गरी जम्मा ६६० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४४४ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ६४ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव २ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै हाल नेपालमा ५ हजार ६४१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा थप २० हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।