0 COMMENTS

असार २१, काठमाडौँ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बस दुर्घटना हुँदा घटनास्थलमा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका छन् ।

घटनास्थलमा अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ भने २५ जना घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । बस सडकबाट झन्डै ३०–३५ मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।