0 COMMENTS

असार २१, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । स्थानीय निर्वाचनमा जितेका आफ्ना जनप्रधिनिधिलाई पार्टीले प्रशिक्षण दिने भएको हो । सोमबार काठमाडौँमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको छ ।

आगामी साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । स्थानीय तहका अधिकार, पार्टीसँगको सहकार्य, पारदर्शिता लगायत विषयमा प्रशिक्षण दिइने महासचिव बेदुराम भुसालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।