0 COMMENTS

असार २१, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालको विशेष राष्ट्रिय भेला आज सुरु हुँदैछ । भेलाका लागि देशका सबै जिल्लाबाट प्रतिनिधि चयन भएका युवा काठमाडौँ आइपुगिसकेका छन् ।

नेकपा (बहुमत) को सहायक सङ्गठन युवा सङ्गठनका संयोजक हरिश भट्टले भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको र केही समयमै भव्यतापूर्वक उद्घाटन हुने जानकारी दिए । नेकपा (बहुमत) का संयोजक कञ्चनले भेला उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । युवा सङ्गठनले राष्ट्रिय भेलाका लागि संसदीय संशोधनवाद र राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध सङ्घर्ष गरौँ, भ्रष्टाचार, महँगी र बेरोजगारी अन्त्यका लागि सशक्त युवा आन्दोलन सिर्जना गरौँ’ भन्ने नारा तय गरेको छ ।

आज काठमाडौँ पुरानो बानेश्वरस्थित ओम साई पार्टी प्यालेसमा देशभरका सयौँ क्रान्तिकारी युवाहरूको उपस्थितिमा भेला उद्घाटन हुनेछ । भेलामा देशका ७७ जिल्लाबाटै प्रतिनिधित्व हुने एवम् देश र श्रमिक जनताको मुक्तिका लागि जारी वैज्ञानिक समाजवादी क्रान्तिमा युवाको भूमिका कस्तो रहने भन्ने विषयमा गम्भीर छलफल र बहस भई नयाँ नीति, कार्यक्रम र नेतृत्व चयन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।