0 COMMENTS

असार २१, काठमाडौँ । युवा जनस्वयंसेवक नेपालको राष्ट्रिय भेला काठमाडौँमा सूरु भएको छ । भेलाको उद्घाटन नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चनले गरेका छन् । भेलामा नेकपा (बहुमत) का कार्यालय सदस्य तथा पार्टी प्रवक्ता ‘सुदर्शन’, कार्यालय सदस्यहरू दिपक, गम्भिर र आजाद र केन्द्रीय सचिवालय सदस्यहरू शरद रसाईली, प्रविण, अटल, अखिल नेपाल जनसास्कृतिक महासंघका केन्द्रीय संयोजक खेम थपलिया, अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रीय अध्यक्ष विनोद थापा, अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल बुद्धिजीवी संगठनका देवकला अधिकारी, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राई, पार्टी केन्द्रीय सल्लाहकार समितिका सदस्य ढुण्डीराज अधिकारी लगायतका अतिथिहरूको उपस्थिति रहेको छ ।

भेलामा देशैभरिबाट करिव १५० प्रतिनिधिहरूको सहभागीता रहेको छ । भेलाको उद्घाटन सत्रमा पुरानो युवा संगठन नेपालको नाम परिवर्तन गरी युवा जनस्वयंसेवक नेपाल बनाएको छ । मङ्गलबार सुरु भई भोलि अर्थात् बुधबारसम्म चल्ने उक्त राष्ट्रिय भेलाले युवा जनस्वयंसेवकको केन्द्रीय समिति चयन गर्नेछ । भेलाको अध्यक्षता संगठनका संयोजक हरिश भट्टले गरिरहनुभएको छ भने सञ्चालन आयोजक समिति सदस्य विरेन्द्र विकले गरिरहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।