0 COMMENTS

असार ९, काठमाडौँ । कास्कीमा आज बिहान लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।

कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयबासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।