0 COMMENTS

असार ८, काठमाडौँ । भविसोर पराजुली नेतृत्वमा सञ्चालित पूर्वी उपत्यका विकास अभियानले बुधबारदेखि पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण सुरु गरेको छ । विगत ३ वर्षदेखि त्यस क्षेत्रको विकास र समृद्धिको लागि विशेष पहल गर्दै आएको सो अभियानले तीनै तहको सरकारलाई विभिन्न योजना लागू गर्न दबाब दिँदै आएको छ ।

कोटेश्वरदेखि संखरापुरसम्मको क्षेत्र समेटिएको पूर्वी उपत्यकामा यस अभियानले विकासका लागि विभिन्न योजनाको पहल गर्दै आएको छ । यस क्षेत्रमा शुद्ध पिउने पानी, दीर्घकालीन ढल निकास, यस क्षेत्रका स्थानीय सडकहरुको कालोपत्रे र स्तरोन्नति, कृषकलाई अनुदान सहितको सेवासुविधा दिई कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण, मनोहरा खोलाको तटवन्धन, सरसफाई, त्यसको किनारमा रहेको पर्ती जग्गामा पार्क, मनोहरा करिडोर जस्ता महन्वपूर्ण विकासका योजना सफल पार्न जोडदार पहल गरिरहेको छ ।

कुनै राजनीतिक दल विशेष नभई विशुद्ध समाजसेवामा समर्पित भई चलाइएको यस अभियानमा यस क्षेत्रका राजनीतिज्ञ, समाजसेवी, नागरिक समाजका अगुवा, वुद्धिजीवि, किसान, मजदुर, व्यवसायी लगायत विभिन्न तहतप्काको ठूलो सहभागीता रहेको यस अभियानका अध्यक्ष भविसोर पराजुलीले बताए ।

पराजुलीले भने, ‘हामीले विकासका योजना लागू गराउन पहल मात्र होइन योजनाहरुको अनुगमन र निरीक्षण पनि गरिरहेका छौँ । हाम्रा यी प्रयासहरुलाई यस क्षेत्रका जनताको ठूलो सहयोग र समर्थन रहँदै आएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।