0 COMMENTS

असार ८, काठमाडौँ । ईयू र नेटोले रुसमाथि लगाएको प्रतिबन्धको विरोधमा रुसको समर्थनमा युरोपमा लाखौँ मानिसहरू सडकमा निस्किएका छन् । ईयू र नेटोले रुसमाथि लगाएको प्रतिबन्धको विरोधमा युरोपका विभिन्न ठाउँहरूमा विरोध पर्दशन भइरहेका छन् । प्रतिबन्धका कारण युरोपमा महँगी र अभाव सिर्जना हुँदै गएपछि नागरिकहरू सडकमा निस्किएका हुन् । रुसविरुद्ध नेटोले लगाएको प्रतिबन्ध फिर्ता गर्नुपर्ने, रुसी इन्धन युरोपमा सहजरुपमा आयत हुन दिनुपर्नेलगायतका कामहरूसहित लाखौँ नागरिकहरू विरोध प्रदर्शनमा उत्रेका छन् ।

प्रदर्शनकारीले रुसलाई यूरोप भन्दापनि यूरोपलाई रुस आवश्यक भएको बताउँदै नेटोले लिएका नीतिको विरोध जनाएका छन् । उनीहरूले आफूहरूमाथि अभाव सिर्जना गर्ने नेटो फिर्ता हुनेपर्ने समेत बताएका छन् । प्रदर्शनकारीरुले ‘रुस इज आवर फ्रेन्ड, गो ब्याक अमेरिका’ जस्ता नारा लगाएको बताइएको छ । उनीहरूले रुस यूरोपको ऐतिहासक रुपमा साथी भएको समेत दाबी गरेको बताइएको छ ।

नेटोका कारण युरोप ठूलो आर्थिक संकटतिर धकेलिएको प्रदर्शनकारीहरूले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । केही दिनअघि मात्रै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपका नेताहरूले रुसमाथि प्रतिबन्ध लगाएर आफ्नै नागरिकमाथि घात गरेको बताएका थिए । उनले प्रतिबन्धको असार युरोपका नागरिकलाई पर्ने समेत बताएका थिए । त्यसको केही दिनपछि युरोपमा विरोध प्रदर्शन सुरु भएको छ । ईयू र नेटो देशहरूले रुसको इन्धन, निर्माण, प्रविधिसहितका बस्तुहरूमाथि प्रतिबन्ध लगाएका छन् । ईयूले रुसको इन्धनप्रति पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, केही देशहरूले भने उक्त निर्णय आफूहरूलाई नमान्ने भन्दै रुससँगको व्यपार सम्बन्धलाई जारी राखेका छन् ।

प्रतिबन्धको जवाफस्वरुप रुसले पनि यूरोपमा निर्यातलाई कटौती गरेको छ । फ्रान्समा ग्यास निर्यातमा ६० प्रतिशत घटाएको छ । त्यस्तै, यूरोपका अन्य देशहरूमा पनि रुसले निर्यात घटाएको छ । त्यसको प्रत्यक्ष असर यूरोपमा देखिन थालेको बताइएको छ । औपचारिक रुपमा प्रतिबन्ध लगाएपनि यूरोप, अमेरिकासहितका देशहरूले रुसको इन्धन अनौपचारिक रुपमा किनिरहेका छन् । अमेरिकाका नीजि कम्पनीहरूले भारतसँग रुसबाट आयत गरिएको कच्च तेल समेत किनिरहेका छन् । ती कम्पनीहरूले पनि रुससँग तेल ल्याइरहेका छन् ।

रुसको इन्धन यूरोप अमेरिकाले नकिने पछि चीनले पहिले भन्दा ५५ प्रतिशत आयत गरेको छ । चीनले पहिले साउदी अबरसँग सबैभन्दा बढी तेल खरिद गर्थो भने अहिले पहिलो नम्बरमा रुस पुगेको छ । त्यस्तै, भारतले रुसी कच्च तेल आयतलाई बढाएको छ । यसअघि भारतले रुसबाट कुल आयतका पाँच प्रतिशत मात्रै किन्थ्यो । ईयू र नेटोको कडा प्रतिबन्धबीच रुसले युक्रेनमा सैन्य कारवाहीको यस दिनमा इन्धन निर्यातबाट झण्डै खर्ब अमेरिकी डलर कमाएको तथ्याङ्क सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।