0 COMMENTS

जेठ ३०, काठमाडौँ । कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भई काठमाडौँको काँडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको ना ५ ख २८१९ नम्बरको मिनी ट्रकले आइतबार राति पौने १० बजे जडीबुटीतिरै गइरहेको बा ७१ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा राई सख्त घाइते भएकी थिइन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मिनी ट्रकका चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।