0 COMMENTS

जेठ ३०, काठमाडौँ । पोर्चुगल यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १–० अन्तरले पराजित भएको छ । आइतबार राति भएको खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिना खेलेकोमा पराजित भएको हो ।

घरेलु टोली स्विजरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । चोटका कारण स्टार खेलाडी रोनाल्डो भने उपस्थित रहेनन् । हारसँगै पोर्चुगलले समूह ए २ को शीर्षस्थानमा उक्लने मौका गुमाएको छ ।

४ खेलमा ७ अङ्क जोडेको पोर्चुगल दोस्रो स्थानमा छ । स्विजरल्यान्ड ३ अङ्क सहित पुछारमा छ भने समान खेलबाट ८ अङ्क जोडेको स्पेन शीर्षस्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।