0 COMMENTS

असार १, गुल्मी ।  गुल्मी जिल्लामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बीच गुल्मी जिल्ला एकता अधिवेशन सम्पन्न भएको छ । मंगलबार तेज कुमारी थापाको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा ५ नं प्रदेश सहसंयोजक कृष्ण के.सीको प्रमुख आतिथ्यता अर्जुन तरामुको संचालन क.अविरलको स्वागत मा सम्पन्न भएको हो ।

सहिदहरु प्रति १ मिनेट मौन धारणबाट शुरु भएको कार्यक्रममा शुभकामना मन्तब्य दिनेहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज क.नरेन्द्र बहादुर थापा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सदस्य क.टीका राना र प्रदेश सदस्य क. संगिनले शुभकामना रहेका थिए । जिल्ला अधिवेशनले क. तेजकुमारी थापाको संयोजकत्वमा सह संयोजक अविरल र तेन्जिङ्ग सहित २१ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गुल्मी जिल्ला संगठन समितिको गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।