0 COMMENTS

जेठ २८, सिन्धुली । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) सिन्धुली जिल्ला सङ्गठनबीच यही जेठ २३ गते पार्टी एकीकरण कार्यक्रम सम्पन्न भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य लालबहादुर बिसी ‘सार्दुल’ को बिशेष आतिथ्य र जिल्ला इन्चार्ज भरत बुर्जा मगर जीवनको सञ्चालन भएको जिल्ला अधिवेशन, प्रशिक्षण र बैठक सिन्धुली जिल्लाको सदरमुकाम धुराबजार पार्टी कार्यालयमा सम्पन्न भएको छ ।

उक्त संयुक्त अधिवेशनले महाधिवेशन आयोजक समिति सदस्य भरत बुर्जा मगर जीवनको संयोजकत्वमा २९ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्ला संगठन समिति गठन गरिएको छ । जिल्ला अधिवेशनलाई सार्दुलले शुभकामनासहित बृहत राजनीतिक बैचारिक प्रशिक्षण दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।