0 COMMENTS

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र), स्याङ्जा–काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा प्रितम गैरे निर्वाचित हुनुु भएको छ । शनिबार भएको सम्पर्क समन्वय समितिको एतिहासिक प्रथम सम्मेलनबाट गैरे सर्वसम्मत रुपमा निर्वाचित हुनुु भएको हो । सम्मेलनले उपाध्यक्ष शिव पोख्रेल, नितु क्षेत्री, सचिव सुरेश पौडेल, सह–सचिव राजन कार्की, लाल वहादुर सुनार लगायतको ४५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।


सम्मेलनमा माओवादी केन्द्रकी स्थायी समिति सदस्य यसोदा सुवेदी, पार्टी स्थायी समिति सदस्य एवं अनेमसंघ (क्रान्तिकारी) की अध्यक्ष अमृता थापा मगर, गण्डकी प्रदेशका कोषाध्यक्ष ताराप्रसाद भुुषाल, स्याङ्जा–काठमाडौँ सम्पर्क समन्वय समितिका ईन्चार्ज ठाकुरप्रसाद वाग्ले, समन्वय समितिका निवर्तमान अध्यक्ष तेजप्रसाद सुुवेदी लगायतका नेताहरु बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।