0 COMMENTS

भक्तपुर । नेपाल राष्ट्रिय अभिभावक संघ, भक्तपुरको तेश्रो अधिवेशन सम्पन्न भएको छ । देशको आम अभिभावकहरुको प्रतिनिधित्व गर्दै आएको अभिभावक संघ, भक्तपुर शाखाको तेश्रो अधिवेशन शनिवार सम्पन्न भएको हो ।

केन्द्रीय अध्यक्ष कोषबहादुर जीसीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उहाँले संघले मुलुकका विभिन्न जिल्ला र सातै प्रदेशमा आफ्नो घोषित उद्देश्य अनुरुप गतिविधि भइरहेको जानकारी दिंदै शुभकामना व्यक्त गर्नुुभयो । अधिवेशनमा विभिन्न प्रतिवेदन र प्रस्तावहरु पारित गरियो । संघमा आबद्ध रहेका पदाधिकारी एवं सदस्यहरुले अभिभावकीय भुमिका निभाउनु पर्ने, विधानमा उल्लेखित काम कर्तव्य र दायित्व पुरा गर्न सजक र सचेत रहनुपर्ने विषयमा प्रमुख अतिथि र अतिथिहरुले प्रशिक्षणात्मक मन्तव्य दिनुुभएको थियो ।


उक्त सभाबाट आगामी कार्यावधिको लागि गोविन्द प्रसाद दाहाल अध्यक्ष, रामकृष्ण न्यौपाने उपाध्यक्ष, बद्री पौडेल सचिव, प्रकाश गिरी कोषाध्यक्ष, सहसचिव लीलाप्रसाद कक्षपती, सहकोषाध्यक्ष सुरेन्द्रप्रसाद जोशी, उपाध्यक्ष महिलमा शान्ति भट्ट र सदस्यहरुमा गोपाल दाहाल, बलराम दाहाल, मोहनकृष्ण श्रेष्ठ, डा.हुकुम सिंह थापालगायत १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको छ । केन्द्रीय सदस्य एवं निर्वाचन मण्डलका संयोजक प्रवीण जोशीले उक्त निर्वाचन परिणाम घोषणा गर्नुभयो ।

उक्त अवसरमा केन्द्रीय उपाध्यक्ष सुभद्रा कोइराला, उपमहासचिव निर्माण कुमार न्यौपाने, केन्द्रीय सचिवालय सदस्यद्वय तुलाराम ढकाल र तिलकबहादुर श्रेष्ठ, केन्द्रीय सदस्य हरिप्रसाद कैनी र बागमती प्रदेश अध्यक्ष नीरबहादुर कार्कीलगायतले सफलताको शुभकामना व्यक्त गर्नुु भएको थियो ।

कार्यक्रममा आफ्नो स्कुलको हल दिएर सहयोग गरेका सुधासागर विद्यालयका प्रिन्सिपल खगेन्द्र प्याकुरेलले संघको कार्यक्रममा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुु भयो ।

स्मरणीय छ, देशको लगभग एक करोड अभिभावकहरुको प्रतिनिधित्व गर्ने संस्था हो नेपाल राष्ट्रिय अभिभावक संघ । जसले देशका जिल्लाजिल्लामा अभिभावकीय सचेतना र जागरणको अभियान चलाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।