0 COMMENTS

जेठ २१, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) बीच नवलपरासीमा पार्टी एकता अधिबेशन भएको छ । शुक्रवार बर्दघाटमा भएको एकता अधिबेशनले पार्टी केन्द्रीय सदस्य रवि पाण्डेयको संयोजकत्वमा ३९ सदस्सीय जिल्ला संगठन समिति निर्वाचित गरेको हो । त्यस्तै जिल्ला सहसंयोजकमा गणेश बहादुर ढकाल र भिम छन्त्याल निर्वाचित हुनुभएको सो पार्टीले जनाएको छ । एकता अधिबेशनले ४ सदस्सीय जिल्ला कार्यालय र १३ सदस्सीय सचिवालय समेत गठन गरेको छ । कार्यालयमा संयोजक, दुई सहसंयोजक र कार्यालय सदस्यमा दुर्गा नारायण चौधरी रहनुभएको छ । दुईवटा पार्टीका जिल्ला संगठन समितिलाई समायोजन गरेर नयाँ संगठन समिति निर्माण गरिएको हो ।

एकता अधिबेशन प्रशिक्षण तथा बैठक उद्घाटन सत्रमा बोल्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक निरज केसीले पार्टी एकताको बिरुद्ध छरिएका भम्रहरुलाई चिर्दै क्रान्तिको पक्षमा ईमानदारीपूर्वक लाग्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्यद्वय तिलक पुन र दीपक पौडेलले पार्टी एकताले जनतामा नयाँ तरंग पैदा गरेकोले बिधि र प्रक्रियामा सम्झौता नगरी क्रान्तिको उठान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापाले पार्टी अनुशासन बारे र प्यानल प्रस्ताव समेत राख्नुभएको थियो । कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य हिमलाल बाग्ले, शहिद परिवार उर्मिला थापा, प्रदेश सल्लाहकार गुणनीधि पोखरेल, पूर्व जिल्ला सल्लाहकार गणेश विक, अदालत राजभरलगायतको आतिथ्यता थियो ।

कार्यक्रममा बरिष्ठ साहित्यकार बाबुराम मुसाफिरले कविता र कलाकार जयफुल्लाह हसनले जनवादी गित प्रस्तुत गर्नुभयो । कार्यक्रम जिल्ला संयोजक रवि पाण्डेयको अध्यक्षता, सहसंयोजक गणेश बहादुर ढकालको संचालन तथा अर्का सहसंयोजक भीम छन्त्यालको स्वागतमा भएको थियो । त्यस्तै एकता अधिबेशन लगतै बसेको प्रथम बैठकले जिल्लालाई तीनवटा कमाण्डमा बिभाजन गरेर सदस्यहरुको कार्यबिभाजन समेत गरेको छ । बर्दघाट, प्रतापपुर र सुस्तालाई मिलाएर कमाण्ड नं १ सुनवल र सरावललाई कमाण्ड नं २ र रामग्राम र पाल्हीनन्दनलाई कमाण्ड न. ३ बनाएर क्रमशः सहसंयोजक ढकाल, छन्त्याल र कार्यालय सदस्य चौधरीलाई इन्चार्जको जिम्मेवारी दिइएको संयोजक पाण्डेले जानकारी गराउनुभयो ।

बैठकले सातैवटा पालिकाको ईन्चार्ज र संयोजक समेत हेरफेर गरेको छ । त्यसैगरी सो पार्टीले पार्टी एकता घोषणा सभा समेत सम्पन्न गरेको जनाएको छ । बर्दघाटको त्रिवेणीचोकमा एक कार्यक्रम आयोजना गरेर पार्टी एकता घोषणा गरिएको हो । बसपार्क आसपास र बर्दघाटका बिभिन्न स्थानमा बिना बिकल्प साना ब्यवसायीका टहरा भत्काएको बिरोधमा ब्यवसायीहरुले गर्दै आएको आन्दोलनलाई ऐक्यबद्धता जनाउने गरेर घोषणा कार्यक्रम गरिएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य निरज केसी, केन्द्रीय सदस्यद्वय क्षेत्र बहादुर थापा , रवि पाण्डेय, जिल्ला सहसंयोजक भीम छन्त्याल, बिद्यार्थी नेता सन्देश सापकोटा लगायतले सम्बोधन गर्दै पार्टीले जनताको न्यायपुर्ण लडाईमा सदैव साथ दिने उल्लेख गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।