ललितपुर । पशु सेवा कार्यालय, ललितपुरले विश्व दुुध दिवस – २०८१ को अवसरमा संचालन गरिएको सप्ताहव्यापी दुुग्धजन्य पदार्थ उपभोग प्रवर्धन कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
‘दुुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने नारासहित सप्ताहव्यापी रूपमा मनाइएको सो कार्यक्रम गत मंगलबार १५ गतेदेखि शुुरु भइ २१ गते सोमबार सम्पन्न भयो । समापन कार्यक्रममा पशु सेवा कार्यालय, ललितपुरका निमित्त प्रमुुख डा. नितेश कार्की र कार्यालयका अधिकृत कृष्णबहादुर कार्कीले सप्ताहव्यापी कार्यक्रमको उपलब्धीहरुको संक्षिप्तमा जानकारी गराउनुु भएको थियो ।
विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पु¥याएको योगदानको मनन गर्दै दुुधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सन् २००१ देखि जुन १ तारिखलाई विश्व दुुध दिवस मनाउन सुरु गरेको हो । नेपालले पनि सन् २०११ देखि यो दिवस मनाउन थालेको हो ।
दिवसको अवसरमा पशुु सेवा कार्यालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल डेरी एसोसिएशन, केन्दीय दुग्ध सहकारी, दुग्ध विकास संस्थान (डीडीसी), पशु सेवा विभाग लगायतले कार्यक्रम गरेका छन् ।
पशु सेवा कार्यालय, ललितपुरले विश्व दुुध दिवस – २०८१ को अवसरमा संचालन गरेको सप्ताहव्यापी कार्यक्रम अनुुसार छैटौँ दिन आइतबार मानसिक अस्पताल लगनखेलमा भर्ना भइ उपचारार्थ बिरामीहरुकोे लागि दुुध ५० लिटर, घिउ ३ केजी, पनिर ३ केजी वितरण गरियो । त्यसैगरी पाँचौ दिन शनिवार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका, थली स्थित सारा चिल्ड्रेन होममा रहेका ५५ जना बालबालिकाहरुलाई १ सय लिटर दुध, ६ केजी घिउ, ६ केजी पनिर र १ सय ५० गोटा रसवरी वितरण गरियो । यसैगरी चौंथो दिन शुुक्रबार पशु सेवा कार्यालय, ललितपुुरमा आएका सेवाग्राहीहरुलाई दुग्धजन्य परिकार मही खुुवाएर दुध दिवस मनाइएको थियो । तेस्रो दिन बिहिबार ललितपुर, धापाखेल स्थित नेपाल स्नेही काखमा रहेका ९४ जना सडक मानवहरुलाइ २ सय लिटर दुध, १० केजी घिउ, १० केजी पनिर र २ सय ५० वटा रसवरी वितरण गरिएको थियो ।
त्यसैगरी दोेस्रो दिन बुधबार ललितपुरको गोदावरी–८ स्थित श्री चण्डीदेवी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई २ सय लिटर दुध, १० केजी घिउ, १० केजी पनिर र २ सय गोटा रसवरी वितरण गरिएको थियो । त्यसैगरी बुधबार नै ललितपुरकै गोदावरी–८ स्थित श्री कालीदेवी आधारभुुत विद्यालयका विद्यार्थीहरुलाई सय लिटर दुध, ५ केजी घिउ, ५ केजी पनिर र ५० गोटा रसवरी वितरण गरिएको थियो । त्यसैगरी काठमाडौँको नक्साल स्थित श्री केन्द्रिय बहिरा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ४० लिटर दही, ६ सय ४० गोटा रसवरी र १७ केजी चिउरा खाजाका रुपमा वितरण गरिएको थियो । पहिलो दिन मंगलबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ८ स्थित “श्री द्योमां जगत बृद्धाश्रम बोडे” का ३० जना बृद्धा बाआमालाई १०० लिटर दुध, १० लिटर घिउ, १० केजी पनिर, ५० वटा रसवरी लगायतका दुुग्धजन्य परिकार वितरण गरेर दुुध दिवस मनाइयो ।
‘‘ विश्व दुुध दिवस –२०८१ को अवसरमा सव्ताहव्यापी दुुग्धजन्य पर्दाथ उपभोग प्रवर्दधन कार्यक्रम’’ संचालन गर्ने सन्दर्भमा गत मंगलवार आयोजीत पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको थियो । पत्रकार भेटघाट कार्यक्रममा पशुुसेवा कार्यालय, ललितपुुरका निमित्त प्रमुख डा. नितेश कार्की, कार्यालयका अधिकृत कृष्णबहादुर कार्की, कार्यालयकी सूूचना अधिकारी डा. सुशिला श्रेष्ठ, पशुु विकास तालिम केन्द्र, ललितपुरका निमित्त प्रमुख वासुदेव नाथ, पत्रकार प्रविण जोशी लगायतकाले बोल्नु भएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा डा. नितेश कार्कीले नेपालमा दूध उत्पादनको अवस्था, बागमती प्रदेशको अबको योजना, सप्ताहव्यापी कार्यक्रमको विवरण, लगायतको बारेमा बोल्नुभएको थियो ।
दूधको महत्व
पौष्टिकताको दृष्टिकोणले दूध एक सर्बोत्तम र सन्तुलीत आहारा हो, जुन वालक, वृद्ध, रोगी, सबैको लागि महत्वपूर्ण हुन्छ ।
दूधबाट अति स्वादिष्ट परिकारहरु (बिभिन्न मिठाईहरु) बनाउन सकिन्छ ।
दूधको सामाजिक र धार्मिक महत्व पनि छ ।
आयआर्जनमा बृद्धि हुन्छ ।
रोजगारीका औसर सृजना हुन्छ । ( १० देखि २० लिटर दूध उत्पादन तथा प्रशोधन तथा बजारीकरण बाट १ जनालाई रोजगारी प्राप्त हुन्छ )
खाद्य सुरक्षामा शहयोग पुग्दछ ।
आयात प्रतिस्थापन गर्न सकिन्छ ।
सफा दूध उत्पादनको महत्व :-
सफा दूध उपभोक्ताहरुले सहज रुपमा स्विकार गर्ने र स्वस्थ्य रहन सहयोग पुग्दछ ।
सफा दूधको गुणस्तर लामो समय सम्म कायम रहने र ढुवानीको लागि समय बढि पाउने ।
सफा र स्वच्छ दूध उत्पादनले दूधको माध्यम बाट सर्ने जुनोटिक रोग फैलिन पाउदैन ।
सफा र स्वच्छ दूध उच्च मुल्यमा बिक्रि हुने र बजारी करणमा समस्या नहुने ।
दूध उपलब्धताको अबस्था
बार्षिक उपल्ब्धता को अबस्था :- २५६६६१४ मे.टन
प्रति ब्यक्ती प्रति दिन आबश्यकता २५० एम.एल.का दरले बार्षिक आबश्यकता ९१.२५ लिटर
कुल जनसंख्या :- २९१६४५७८
बार्षिक दूधको आबश्यकता :- २६६१२६८ मे.टन
नपुग हुने दूधको परिमाण :- ९४६५४ मे.टन अर्थात करिब ४ प्रशितले कमि रहेको छ ।
बागमती प्रदेशमा १०,९९,५६० गाई तथा ८,९६,२१३ भैंसी रहेको छ ।
वार्षिक दुध उत्पादनः ४,५५,१४१ मे.टन (२०७८/२०७९)
बागमती प्रदेशको आवधिक योजनामा २०७६/२०७७ – २०८०/२०८१)
बागमती प्रदेशको आवधिक योजना अनुसार २०८०/२०८१ सम्ममा ४४००५१ मे.ट दूध उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएकोमा २०७७/२०७८ मा नै यो लक्ष्य पुरा भएको देखिन्छ ।
तर प्रति व्यक्ति औषत दुधको आवश्यकतामा हामी अझै १६% ले अपुग छौ ।
नेपालमा यस वर्षको विश्व दूध दिवस २०८१ को नारा दूध क्षेत्रको विकास, आर्थिक समृद्धिको आधार भन्ने रहेको छ ।
विश्वमा दूध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवं जिविकोपार्जनमा पु¥याएको योगदानको मनन गर्दै दूध उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले विश्व दूध दिवस सन २००१ देखि र नेपालले सन २०११ देखि मनाउदै आएको छ ।
पशु सेवा कार्यालय, ललितपुरले
विश्व दुध दिवस २०८१ को अवसर पारी सप्ताहाव्यापी रुपमा (मिति २०८१ जेष्ठ १५ देखि जेष्ठ २१ गते सम्म) दुद्यजन्य पदार्थ उपभोग प्रवर्द्धन कार्यक्रम यस कार्यलयको कार्यक्षेत्रमा रहेका सामुदायिक विद्यालय, जेष्ठ नागरिक आश्रम र बाल आश्रममा मनाउने उद्देश्य रहेको छ ।
जसको उद्देश्य रहेको छ…….
दैनिक गुणस्तरीय दूध पिउन पर्छ भन्ने जनचेतना वृद्धि गर्न प्रचार प्रसार गर्ने
दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम गर्न जनचेतना जगाउने
दुध तथा दुग्धजन्य पदार्थको उपभोगमा सबैको पहुँच पु¥याउन पहल गर्ने उद्देश्य ।