0 COMMENTS

जेठ २१, काठमाडौँ । इच्छुक प्रतिष्ठानको आयोजनामा सञ्चालित सिर्जना र सम्वाद कार्यक्रमको चौथो श्रृङ्खला शनिवार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा सम्पन्न भएको छ । प्रत्येक महिनाको तेस्रो शनिवार २ बजे गरिने उक्त कार्यक्रममा यस पटक प्रगतिवादी कवि इच्छुकको तीन वटा कविता माथि गहन समीक्षा गरिएको थियो ।

कविता माथि समीक्षा गर्नेहरूमा अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष हिरामणी दु:खी, कवि बलराम तिमल्सिना र कवि गौरी देवकोटा हुनुहुन्थ्यो भने कविता वाचनमा कविहरू इन्दिरा अधिकारी, विष्णु न्यौपाने र सुनिता बुढाथोकी हुनुहुन्थ्यो । 

कविताहरू अजम्बरी सपना, तिलाठी र कोशी टप्पु माथि क्रमश: बलराम तिमल्सिना, गौरी देवकोटा र हिरामणी दु:खीले समीक्षा गर्नु भएको थियो भने इच्छुक प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंज्ञानी, र आख्यानकार इस्माली र मोदनाथ मरहट्टाले पनि कवितामाथि आआफ्नो धारणा व्यक्त गर्नु भएको थियो । समग्रमा समीक्षाको सैद्धान्तिक पक्षसहितको मन्तव्य मार्क्सवादी सौन्दर्यचिन्तक प्रा.डा. जगदीशचन्द्र भण्डारीले राख्नु भएको थियो । 

कवितामाथि यस प्रकारको मन्थन र चिरफार गर्दा कविताको मूल्य निर्धारण गर्न पनि मद्दत पुग्ने भएकोले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा उपस्थित व्यक्तित्वहरूबाट व्यक्त भएको थियो ।

कवि गौरी देवकोटाको संयोजनमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कवि सुनिता बुढाथोकीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।