0 COMMENTS

जेठ २१, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच पार्टी एकता अधिबेशन सम्पन्न भएको छ । शनिबार रूपन्देहीको बुटवलमा भएको एकता अधिबेशनले दिपक पौडेलको संयोजकत्वमा ६९ सदस्यीय जिल्ला सङ्गठन समिति चयन गरेको हो । त्यस्तै सह संयोजकद्वयमा बिनोद मरासिनी र रेखा खनाल निर्वाचित भएको सो पार्टीले जनाएको छ । एकता अधिबेशनले ७ सदस्सीय जिल्ला कार्यालय र २२ सदस्सीय सचिवालय समेत गठन गरेको छ । कार्यक्रम पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक निरज केसीकोे प्रमुख आतिथ्यतामा भएको थियो ।

एकता अधिबेशन उद्घाटन सत्रमा बोल्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक केसीले पार्टी एकताको बिरुद्ध छरिएका भम्रहरुलाई चिर्दै क्रान्तिको पक्षमा ईमानदारीपूर्वक लाग्न सबैलाई आग्रह गर्नुभयो । पार्टीका सचिवालय सदस्य तथा रुपन्देही ईन्चार्ज तिलक पुनले रूपन्देहीमा युवा प्रौढ र जेष्ठहरुको समिश्रण मिलाएर लैजाने बितिकै नयाँ ढंगको पार्टी बन्ने भन्दै प्यानल प्रस्ताव राख्नुभयो । उक्त प्रस्तावलाई गडगडाहट ध्वनि मतले हलमा पारित गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा पार्टीका सचिवालय सदस्य हिमलाल वाग्लेले नेकपा(मसाल)ले बिगतमा लिएको संशोधनवादी नीतिका बिरुद्ध अन्तरसंर्घष संचालन गर्दै क्रान्तिकारीहरु एकताबद्ध भएको चर्चा गर्नुभयो । केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज क्षेत्र बहादुर थापाले रुपन्देही जिल्ला पार्टीमा आफूले बिगतमा लिएको जिम्मेवारीको अनुभव ब्यक्त गर्दै गतिशिलतामा जोड दिनुभयो । केन्द्रीय सदस्य तथा नवलपरासी संयोजक रवि पाण्डेयले हलमा होइन फिल्डमा संर्घष संचालन गर्दै ग्रामीण क्षेत्रमा बर्गसंर्घष उठान गर्दै रुपन्देहीका सबै पालिकामा आन्दोलन उठाउन नयाँ संगठन समितिलाई शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सल्लाहकार युवराज न्यौपाने, बामपंथी नेता नेत्र नारायण शर्मालगायतले अनुभुति र शुभकामना मन्तब्य राख्नुभयो । पार्टी केन्द्रीय सदस्य कपिल पौडेलले पार्टी बिधान र प्रतिबेदन वाचन, मणिराम सापकोटाले संचालन र रेखा खनालले स्वागत र जनगायक कमला घिमिरे, बीमा भटट्राईलगायतको टोलीले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम पार्टीका केन्द्रीय सदस्य लक्ष्मीकान्त पौडेलको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।