0 COMMENTS

जेठ ८, घोराही । राप्ती साहित्य परिषद्द्वारा गठित प्रतिभा छनौट समितिको शनिवार घोराहीमा बसेको बैठकले परिषद्मा स्थापित विभिन्न पुरस्कारहरू २०८० का लागि प्रदान एवं सम्मान गर्न दुई दर्जन स्रष्टाहरूलाई चयन गरी परिषदको केन्द्रीय समितिमा सिफारिस गरेको छ ।

प्रतिभा छनौट समितिका संयोजक पुरुषोत्तम खनालको अध्यक्षता एवं सदस्यहरू पद्यप्रसाद शर्मा र कमलमणि देवकोटा सदस्य रहेको बैठकले परिषद्का अध्यक्ष डा.टीकाराम उदासीको समुउपस्थितिमा यो निर्णय गरी राप्ती साहित्य परिषद् केन्द्रमा सिफारिस गरेको हो ।

जसअनुसार–
१) राप्ती साहित्य पुरस्कार– डा.दीपक गौतम (रुकुम पूर्व),
२) नन्दहरि साहित्य पुरस्कार– लोकेन्द्र जी.सी. (प्युठान),
३) डोमादेवी साहित्य पुरस्कार– पुरण क्षेत्री (रोल्पा),
४ पद्याकूल हास्यव्यङ्ग्य पुरस्कार– नारायण आचार्य (रोल्पा),
५) देवीचन्द्र साहित्य पुरस्कार–पुनाराम कर्यावरिक्का (दाङ),
६) अपामुकुन्द प्रज्ञा पुरस्कार– कमानसिङ बिष्ट (रुकुम पूर्व),
७) गोपालचन्द्र प्रज्ञा पुरस्कार– बिमला खनाल (प्यूठान),
८) हरिप्रसाद–मीना पाण्डेय कला साहित्य पुरस्कार–तेजप्रसाद खनाल (दाङ देउखुरी),
९) खोविलाल हुकुमादेवी छन्द पुरस्कार– राधिकादेवी शर्मा आचार्य (दाङ),
१०) पद्मप्रसाद— रूपसा प्रज्ञा पुरस्कार– राजेन्द्र श्रेष्ठ (दाङ),
११) पण्डित कपिलमुनि भक्तकुमारी साहित्य पुरस्कार– खुमराज बस्नेत (सल्यान) लाई प्रदान गरिने भएको छ ।
यसैगरी
१२) तिलका तुल्सीराम आचार्य स्मृति पुरस्कार– डा.घनश्याम ‘परिश्रमी’ (नवलपासी पश्चिम),
१३) चक्रपाणि लक्ष्मी लोकेश्वरी छन्द पुरस्कार– मधुसूदन पौडेल (दाङ),
१४) नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार– छबिलाल खड्का (रुकुम पश्चिम),
१५) चन्द्रमधु गीतसङ्गीत पुरस्कार– सन्तोष रजौरे (दाङ),
१६) ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कार– एक्कबहादुर के.सी. (रुकुम पश्चिम)
१७) प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार– अनिल पौडेल (काठमाडौं)
१८) श्रीबहादुर दिलमाया साहित्य पुरस्कार– दिलीप बुढामगर (रोल्पा)
१९) टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार– डा.इन्द्र भण्डारी ‘इन्द्रेनी’ (बाँके)
२०) जीवन चक्र साहित्य पुरस्कार– छविकिरण अधिकारी (सल्यान) र
२१) राप्ती सिर्जना पुरस्कार–२०७९ सालमा राप्तीका स्रष्टाहरुद्वारा प्रकाशित कृतिहरूमध्ये डा.राजु अधिकारी (दाङ) द्वारा लिखित ‘सत्यहरण’ नामक उपन्यासलाई प्रदान गरिने भएको छ ।

साथै परिषद्ले पुरस्कार अक्षयकोष संस्थापकहरूमध्येबाट कालिका शर्मा खनाल, अग्रज लेखक चक्रबहादुर विश्वकर्मा र एकराज शर्मा अधिकारीलाई र क्रियाशील साहित्यिक संस्थाहरूमध्ये देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च, देउखुरीलाई सम्मान गर्ने भएको छ ।

यी पुरस्कार तथा सम्मान यही २०८१ जेठ २५ र २६ गते दाङ घोराहीमा आयोजना गरिने परिषद्को ४७ औं वार्षिक साहित्यिक समारोहमा प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।