0 COMMENTS

जेठ ६, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बीच ४ नं. प्रदेशको एकता अधिवेशन पोखरामा सम्पन्न भएको छ । जेठ ६ गते सम्पन्न एकता अधिवेशनमा केन्द्रीय कार्यालय सदस्य एवंम ४ नं. प्रदेश संयोजक चिन्तामणी पौडेलको संयोजकत्वमा १२५ जनाको प्रदेश संगठन समिति र २९ जनाको प्रदेश सचिवालय गठन भएको छ ।

नेपाली सर्वहारावर्गको अग्रदस्ताका रुपमा रहेका दुई क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) का बीच भएको पार्टी एकता र १३५औं मे दिवसको अवसरमा यसको घोषणा नेपाली तथा विश्व सर्वहारा वर्गका लागि एउटा सार्थक र भव्य परिघटना बन्न गएको छ । श्रमजीवी तथा आम उत्पीडितवर्गको अग्रदस्ताका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधाराको सर्वोच्च चेतनाद्वारा सुसज्जित र सर्वहारावर्गका प्रतिनिधिबाट बनेको सच्चा कम्युनिस्ट पार्टीबिना उनीहरुको मुक्ति असम्भव छ भन्ने अग्रचेतनाद्वारा आलोकित एकीकृत साम्यवादी दल नभइकन कुनै परिवर्तनकारी आन्दोलन वा क्रान्ति सम्पन्न हुन सक्दैन । यस तथ्यलाई आत्मसात गरी तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा मशालका बीच सम्पन्न धेरैपटकका वार्ता, छलफल तथा बहसमा भएका सहमतिको पृष्ठभूमिमा यही वि.सं. २०८१ बैशाख १३ गते पार्टी एकता संयोजन समितिको बैठकबाट यो एकता सुनिश्चित भएको हो । यो एकता मार्फत् हामीले एकता–संघर्ष र बारम्बारको फूटबाट आक्रान्त बन्दै आएको नेपाली कम्युनिस्ट आन्दोलनलाई आउने दिनमा एकता–संघर्ष रुपान्तरण र उच्चस्तरको एकतालाई हावी बनाएर लैजाने प्रतिवद्धता जाहेर गर्दछौँ ।

हाम्रो यो एकता माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधाराको सिद्धान्तमा आधारित रहेको छ । हामी क्रान्तिको आम कार्यक्रमका रुपमा नयाँ जनवाद तथा आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद र साम्यवाद, क्रान्तिमा बल प्रयोगको भूमिका, सर्वहारा अन्तर्राष्ट्रियतावाद, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त, विद्यमान संसदीय व्यवस्थाको अन्त्य र जनगणतन्त्र नेपालको स्थापना, वैज्ञानिक समाजवाद, सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत महान् सर्वहारा सांस्कृतिक क्रान्ति जस्ता सिद्धान्तहरुप्रति कुनै मोलतोल हुन नदिन र ‘छुट’ नदिन प्रतिबद्ध रहेका छांै । यी आधारभूत प्रश्नहरुमा रहेको बुझाइको एकरुपताले नै यो पार्टी एकता सम्पन्न भएको हो भन्ने घोषणा गर्दछौँ ।
हामीले माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधाराको मौलिकतालाई दृढतापूर्वक रक्षा एवम् प्रयोग गर्दै देश, काल र परिस्थिति अनुरुप यसको विकास गर्नैपर्दछ । आज विज्ञान र प्रविधिको विकासले गर्दा सामाजिक जीवनमा आकस्मिक परिवर्तन भएका छन् । तिनलाई संम्बोधन गरेर मात्र मालेमावाद÷विचारको सिर्जनात्मक प्रयोग र विकास हुन सक्दछ । यस सन्दर्भमा हामीले कुनै नयाँ कुराको वकालत गर्न र कुनै भिन्न चीजलाई स्थापित गर्न साहस गर्नैपर्दछ भन्ने माओको संश्लेषणलाई आत्मसात गरी त्यसलाई व्यवहारमा उतार्न तयार हुनुपर्दछ ।

नयाँ कुराको वकालत र भिन्न चीजको स्थापना गरेर नै माओले रुसभन्दा भिन्न देश र कालको परिस्थिति हुँदाहुँदै पनि चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुभएको हो । नेपालको विद्यमान परिस्थिति अनुरुप माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारालाई नेपाली क्रान्तिमा लागु गर्न र यो विशिष्ट परिस्थितिमा क्रान्तिको विकासका लागि त्यसको नेतृत्व गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रतिबद्ध रहेको छ । अर्ध–औपनिवेशिक, अर्ध–सामन्ती विशेषता सहितको नव–औपनिवेशिक अर्थ–सामाजिक स्थिति, बचेखुचेको सामन्तवाद, नोकरशाही पुँजीवाद तथा दलाल पुँजीवाद मुख्यतः दलाल पुँजीवाद क्रान्तिको दुश्मन शक्ति र मजदूर, किसान, सिपाही, सुकुम्वासी, राष्ट्रिय पुँजीपति लगायतको मित्रशक्ति रहेको वर्तमान अवस्थामा दलाल तथा नोकशाही पुुँजीवादी राज्यसत्ता र आम नेपाली उत्पीडित जनताका बीचको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध रहेको छ । यसको समाधान नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गरी पुगिने वैज्ञानिक समाजवाद हो भन्ने कुरामा हाम्रो पार्टी प्रतिबद्ध छ ।

देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेका छन् । पछिल्ला एमसीसी र एसपीपी जस्ता सम्झौताहरु पछि राष्ट्रिय स्वाधीनताको समस्या अझ गम्भीर बनेको छ । सिमित जनतान्त्रिक अधिकारहरु क्रमशः खोसिंदै गएका छन् । झुठा मुद्दामा राजनैतिक कार्यकर्ताहरुलाई फसाएर र बन्दी बनाएर जनतन्त्रको समस्यालाई चरमचुलीमा पुर्याइएको छ । बैङ्कहरुको संरक्षणमा लघुवित्तीय, मिटरब्याजी र सहकारी संस्थाहरुको चरम सुदखोरीले जनजीविकाका समस्याहरु आकाशिएका छन् । राज्यसत्ता, सरकार र सम्वन्धित निकायहरु यी समस्याहरुको समाधान गर्नुको सट्टा आन्दोनलकारीहरुमाथि दमन गर्न उद्यत रहेका छन् । हाम्रो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका यावत समस्याहरुको समाधानका लागि संघर्षको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ ।

पार्टी एकताको यस सुखद अवसरमा कम्युनिस्ट नामका विभिन्न संशोधनवादी दलहरुको भ्रममा परेका क्रान्तिकारीहरु, छरिएर रहेका विभिन्न समूह तथा व्यक्तित्वहरुलाई यो ऐतिहासिक एकता प्रक्रियामा सामेल हुन आह्वान गर्दछौँ । तपाइँ हाम्रो यस प्रकारकोे एकताले नेपाली क्रान्तिको बलियो सदरमुकाम खडागर्ने छ र क्रान्ति सम्पन्न हुनेछ । बाटो जतिसुकै कष्टसाध्य भए पनि भविष्य उज्ज्वल छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।