0 COMMENTS

जेठ ६, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नम्बर प्रदेश संगठन समितिको एकता अधिवेशन पोखरा –१५ मा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय सदस्य प्रवाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन केन्द्रीय सचिवालय सदस्य पत्थरले गर्नु भएको थियो ।

केन्द्रीय कार्यालय सदस्य एबं संगठन एकीकरण कार्यदलका संयोजक राजबिरको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रमका अन्य अतिथिहरुमा केन्द्रिय सल्लाहकार समितिका सदस्य भवानी पाण्ड, केन्द्रिय सल्लाहकार समितिका सदस्य जगने, केन्द्रिय कार्यालय समिति सदस्य प्रतीक र केन्द्रिय कार्यालय समिति सदस्य आजाद हुनुहुन्थ्यो ।
नेपाली क्रान्तिका महान सहिदहरुको स्मरणमा १ मिनेट मौन धारणाबाट शुरु भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य केन्द्रिय सचिवालय सदस्य अनुकुलले गर्नु भएको थियो ।
त्यसपछि प्रदेशको नयाँ इञ्चार्जको जिम्मेवारी सहित आउनु भएका पार्टी केन्द्रिय कार्यालय सदस्य प्रतिकले संक्षिप्त एकता मन्तव्य सहित दुबै पार्टीको साबिकका संगठनहरुको विघटन र १२५ जनाको नयाँ प्रदेश समितिको प्यानल निर्वाचन गर्न प्यानल प्रस्ताव पेश गर्नु भएको थियोे । दुबै प्रस्तावहरु बन्दसत्रको हलबाट करतल ध्वनिका साथ पारित भएका थिए ।

सँगसँगै बन्द सत्रले संयोजक–१ जना, सहसंयोजकहरुः–५ जना, प्रदेश कार्यालयः–९ जना र २९ सदस्यीय सचिवालय समेतको कार्यबिभाजनको समेत ठोस गरेको छ । प्रदेश एकता अधिवेशनलाई जिम्मेवार कमरेडहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । शुभकामना मन्तव्य राख्ने कमरेडहरु क्रमशः केन्द्रिय सल्लाहकार समिति सदस्य भवानी पाण्डे, केन्द्रिय कार्यालय सदस्य अजाद, केन्द्रिय कार्यालय सदस्य प्रतिक, केन्द्रिय कार्यालय सदस्य एबं संगठन एकीकरण कार्यदलका संयोजक राजवीर हुनुहुन्थ्यो । एकता अधिवेशनको अन्त्यमा केन्द्रिय कार्यालय सदस्य एबं कार्यक्रमका अध्यक्ष प्रवाहले समापन मन्तव्य सहित समापन भएको घोषणा गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।