0 COMMENTS

हमासले इजरायलमाथि आक्रमण गरेको पाँच महिनाभन्दा बढि भयो । गएको अक्टोबर ७ मा हमासका लडाकुले इजरायमाथि आक्रमण गरेपछि त्यसको बदलामा इजरायलले प्यालिस्टेनी भूभागमा लगातार हवाई र स्थल आक्रमण गरिराखेको छ । बिबिसि अंग्रेजीका अनुसार अहिलेसम्म गाजाका २९ हजारभन्दा बढि बासिन्दाको मृत्यु भएको छ । इजरालयलले हमासका विद्रोहीहरुका विरुद्ध गरेको भनेको आक्रमण देखाउन बिबिसि सञ्चार माध्यमलाई आफूसँगै इजराली सेनाले लगेर केही स्थानहरुको दृश्य खिच्न लगायो र त्यसैलाई प्रसारण गर्न अनुमति दियो । तर अल जजिरा जस्ता तटस्थ सञ्चार माध्यमहरुले त्यस्तो कुनै समाचार प्रसारण गरेका छैन । बरु उसले इजरायलका विरुद्ध, बेलायत, फ्रान्स जस्ता देशहरु जसले इजरायलले प्यालिस्टिनमाथि गरेको आक्रमणका विरुद्ध भएका प्रदर्शनहरु देखाइ रहेको छ । युद्ध रिपोर्ट गर्न गएका पत्रकारहरुलाई बन्दि बनाइ राखेको छ ।

युद्ध रिपोर्ट

विश्वका ठूला राष्ट्रहरुको संगठन जी२० को शिखर सम्मेलन सकिएको २८ दिनपछि हमासले इजरायलमाथि सशक्त फोजी आक्रमण गर्यो । ७ सेप्टेम्बर शनिबार भएको आक्रमणमा इजरायमा ठूलो धनजनको क्षति मात्र भएको छैन कि नेपालबाट “कमाउदै पढ !” कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट पढ्न गएका १० जना विद्यार्थीको दुखत निधन भएको छ । एकजना विद्यार्थी अहिलेसम्म बेपत्ता नै छन् । अनुसन्धान र सुरक्षाका दृष्टिकोणले विश्वको सबैभन्दा सशक्त मानिदै आएको इजरायमाथि हमासले गरेको आक्रमणको विश्वभरी चर्चा भैराखेको छ ।

यति ठूलो आक्रमण हमासले कसरी गर्न सक्यो ? इजरायलले आक्रमण हुँदैछ भन्ने थोरैसम्म पनि जानकारी किन राख्न सकेन ? के साँच्चै हमास बलियो भएको हो कि उसलाई कसैले सहयोग गरिराखेको छ ? के यो आक्रमणले दोस्रो रुस—युक्रेन युद्ध जन्माएको हो ? के यो युद्धले इसाइ र इस्मालका बीचमा युद्धको शुरुआत भएको हो ? यो कुराका बारेमा जी२० मा कुनै पनि देशले सामान्य छलफल गर्न किन गर्न सकेनन् ? यस्ता विभिन्न प्रश्नहरु उठेका छन् ?

गएको ७ सेप्टेम्बर शनिबारको विहानै गजापट्टितिरबाट आक्रमण भयो । उक्त आक्रमण अहिलेसम्मको भीषण र शक्तिशाली थियो । २० मिनेट भित्र हमासले ५ हजार रकेट प्रहार गर्यो । विश्वका बसै सञ्चार माध्यमहरुले हमासका लडाकुहरुले इजरायलका सीमानामा लगाइएका तारबारहरुलाई शक्तिशाली बुल्डोजरहरुले भत्काएर इजरायल भित्र प्रवेश गरे । मोटर जडान गरिएका सयौं प्याराग्लाइडरहरु एकैचोटी इजरायली भूमिमा अवतरण गरे । त्यो भन्दा पहिला, गजापट्टिबाट हजारौं रकेट छोडियो । यस्तो लाग्दथ्यो इजरायली आकाश र धरती आवाज, विस्फोट, धुँवाले भरिएको छ । सबैतिर कोलाहाल छ ।

हमासको आक्रमणको विश्लेषण

अगस्त ७ को विहान ६.३० बजे इजरायलमा हमासले गरेको आक्रमणलाई लिएर विश्वभरी विभिन्न अड्कल लगाइएको छ । हमास जो आफै प्यालेस्टिन भित्र विद्रोहीको रुपमा रहेको छ । उसको आफ्नो छुट्टै भूमि छैन, उसले कसरी इजरायल जस्तो शक्तिशाली इन्टेलिजेन्स्ट छ, सशक्त सूचना राख्दछ र सुरक्षा रहेको छ, यस्तो देशमाथि हमासको आक्रमणले संसारलाई अचम्मित पारिदिएको छ । अहिलेसम्म हजारभन्दा बढि मान्छेको मृत्यु भएको छ । नेपालबाट सिक्दै कमाउँदै कार्यक्रममा गएका सुदूरपश्चिम विश्वविद्यालयका १० जना कृषि विषय पढ्ने विद्यार्थीको दुखत मृत्यु भएको छ ।

अत्याधुकि हतियार, उच्च सुरक्षा, सूचनाप्रविधिले लैस र सबैभन्दा शक्तिशाली जासुसी संस्था भएको इजरायलमाथि यत्ति ठूलो आक्रमण कसरी सम्भव भयो भन्ने कुरामा विश्वको ध्यान केन्द्रीत भएको छ । यति मात्र नभएर अहिलेका विश्वका धनी भनिएका देश र उनीहरुका आसेपासेहरुले यो आक्रमणलाई आतंककारीको संज्ञा दिएका छन् । अमेरिका, बेलायत लगायतका शक्ति राष्ट्रहरुको सहयोग र समर्थन पाएको इजरायल जहाँको हतियारहरु विश्वकै उत्कृष्ठ भित्र पर्दछन्, यो आक्रमणले उनीहरुलाई नराम्ररी झस्काइ दिएको छ । उनीहरुको निद्रा समाप्त गरिदिएको छ ।

विभाजित विश्व

हमासले इजरायमाथि चमत्कारिक तरिकाले आक्रमण गरेपछि जति दिनहरु बित्दै गएका छन्, उति नै विश्व विभाजित भैरहेको छ । शुरुमा हमासको आक्रमणप्रति इजरायलले सहानुभूति प्राप्त गरेको थियो । तर समय ढल्कै गर्दा हमासप्रतिको सहानुभूति बढ्दै गएको छ । यसरी विभाजित हुनुको मुख्यकारण प्यालेस्टिनी र इजरायलको विगत हो । दोस्रो विश्वयुद्धमा जर्मनीबाट विस्थापित भएका यहुदीहरुले १९४८ मा प्यालिस्टेनी भूमिमा अतिक्रमण गरी, बेलायत, अमेरिका जस्ता शक्तिशाली राष्ट्रको सहयोगमा इजरायल राज्य घोषणा गरिएको थियो । त्यसअघि इजराय भन्ने कुनै देश थिएन । त्यही समयदेखि प्यालेस्टिन भन्ने देश विश्व मानचित्रबाट विलोप भएको छ । साथै १९४८ देखि आजका मितिसम्म कहिले प्यालेस्टिनी लिबरेशन अर्गनाइजेशन त कहिले हमासको नामले प्यालेस्टिनीहरु आफ्नो भूमि र स्वतन्त्रताकालागि जेहाद छेडिरहेका छन् ।

सारा विश्वलाई थाहा इजरायलले प्यालिस्टिनीमाथि अन्याय गरेको छ, अत्याचार गरेको छ, युद्ध थोपरेको छ, मातृभूमि हडपेको छ । यति हुँदाहुँदै पनि अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, अस्टे«लिया, कभारत, युक्रेन, स्पेन, पोल्याण्ड, नर्बेजसता आफूलाई सभ्य, विकसित, धनी भन्न रुचाउने राष्ट्रहरुले इजरायलको खुलेरै समर्थन गरेका छन् । अमेरिकाले अगस्ट १० मंगलबार राति पठाएको हतियारको पहिलो खेप इजरायल पुगिसकेको छ । इजरायलको नेवातिम एयरबेसमा अमेरिकी विमान हतियारसहित अवतरण गरेको हो । अमेरिकाले केएफआईआर फाइटर जेट, फ्रान्स्मा बनेको मिराज एयरक्राफ्टमा आधारित मल्टिरोल वारप्लेनहरु, एफ—३५ लाइटनिङ दुई जस्ता हतियार र युद्ध सामग्री अमेरिकाले इजरायललाई दिएको छ । अक्टोबर १२ का दिन क्युभ इण्डिपेन्डन्टले “रुसले किभलाई बदनाम गर्न युक्रेनमा कब्जा गरिएका हतियार हमासलाई दियो ।” शिर्षकमा समाचार छाप्यो । भारतीय पत्रिका द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदारनले त अमेरिकाले बेचेको हतियार प्रयोग गरेर हमास लडेको आरोप लगाएका छन् । पैसाकालागि जसलाई पनि हतियार बेच्ने अमेरिकाले यसो गरेन भन्न सकिदैन । यो घटनाले विश्वलाई ध्रुवीकृत गर्न झनै बल पुगेको छ । यसैको फलस्वरुप रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हमास र इजरायलबीचको युद्ध अमेरिकी विदेश नीतिको विफलता भएको बताएका छन् । अमेरिकाले प्यालेस्टाइनको हितलाई नजरअन्दाज गरेको पुटिनको आरोप छ ।

हमासको समर्थनमा लेबनानको हिज्बुल्लाह लडाकु समूहसँगै यतिबेला सिरियाले पनि इजरायलमा आक्रमण गरिदिएको छ । इजरायली सेनाका अनुसार सिरियाबाट गोलाबारी र रकेट हमला भएको छ । यसबाट दुई वर्षअघि रुस—युक्रेन युद्ध झेलेको विश्वका सामु इजरायल—हमास युद्ध थपिएको छ ।

युद्धपछिको विश्व

गएको अक्टोबर १७ मा संयुक्त राष्ट्र संघले ”प्यालेस्टिनी र इजरायली जनतामाथि गरिएका हिंसात्मक क्रियाहरु“को विरोध गर्न चुनावको आयोजना गरेको थियो । त्यसको पक्षमा विश्वका १ सय २१ वटा देशले मतदान गरेका थिए भने अमेरिकालगायतका १४ वटा राष्ट्रले विरोध गरेका थिए । यसरी अत्याधिक मतले पारित हुँदा पनि संयुक्त राष्ट्र संघले उक्त प्रस्तावलाई कार्यान्वयन गर्न सकेन । बरु उल्टै इजरायली मन्त्री एमिचाई एलियाहुले गाजा स्ट्रिटमा परमाणु बम छोड्ने धम्की दिएका थिए । यसको चौतर्फी विरोध भैराखेको छ ।

इजरायली सेना गाजा पट्टिमा प्रवेश गरेर नरसंहार मचाएको छ । उसले अस्पतालजस्ता संवेशनसिल क्षेत्रमा रकेट प्रहार गरेर ५ जनाभन्दा बढिलाई एकै चिहान बनाएको छ । अहिलेसम्म ११ हजारभन्दा बढि निर्दोष पेलिस्टेनीको मृत्यु भैसकेको छ । त्यसमा ४ हजार ५ सयभन्दा बढि बालबालिका रहेका छन् । लाखौंलाख पेलिस्टनी देश छोडेर शरणार्थी हुन पुगेका छन् । अल शिफा अस्पताल अहिले घाइते र विरामीको उपचार गर्ने ठाउँ भन्दा पनि इजरायलको मुख्य आक्रमणको षेत्र बन्न पुगेको छ । नबेम्बर ११ को दिन २२ वटा देशका प्रतिनिधिहरुको सहभागितामा अरब शिखर सम्मेलन भयो । उक्त सम्मेलनले ”गाजामा थोपरिएको युद्ध इजरायलको प्रतिरक्षाका लागि नभएको“, ”इजरायलको गाजा ट्रिपमाथिको आक्रमण अपराध हो र सरकारद्वारा कब्जा गरिएको बर्बर अमानवीय नरसंहार“ निष्कर्ष निकालेको छ । रियादमा भएको सम्मेलनले “यो मानवीय प्रकोप हो जसले अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र सुरक्षा परिषद्को अन्तर्राष्ट्रिय मानवीय कानूनको घोर उल्लङ्घनलाई अन्त्य गर्न र विश्वले अपनाएको दोहोरो मापदण्डहरू प्रमाणित गर्न असफल भएको प्रमाणित गरेको छ ।” भनेको छ ।

उता इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याउले इरानलगायतका १२ वटा शक्तिलाई दुश्मन घोषित गरेका छन् । अहिले सिंगो मध्यपश्चिमका इस्लामिक देशहरु इजरायलका विरुद्ध खडा भएका छन् । चीन, रुसलगायतका शक्तिशाली राष्ट्रहरु पनि इजरायलका विरुद्ध खडा भएका छन् । संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र संघमा भएका मत विरुद्ध इजरायललाई खुलै हतियार दिएर सहयोग गरिराखेको छ ।

किन भयो अस्थायी युद्धविराम ?

२४ नवेम्बर शुक्रबारका दिन कतारको विशेष पहलमा हमास—इजरायल बीचको ७ हप्ते युद्ध ४ दिनकालागि अस्थायीरुपमा विराम भएको छ । जब इजरायलले गजा क्षेत्रमा आक्रमणको घोषणा गरेको थियो तब उसले भनेको थियो कि अब यो युद्ध हमासले कब्जा गरेर लगेका सबै इजरायली युद्ध बिन्दिलाई रिहा गरेर र हमासलाई पूर्णरुपले अन्त गरेर मात्र विराम हुने छ । तर यी दुबै कुरा इजरायलले पूरा गर्न सकेन । शुक्रबार घोषणा गरिएको ४ दिने युद्ध विराम अनुसार तत्कालकालागि गाजामा ४७ दिनदेखि जारी इजरायली आक्रमणका क्रममा भएको यो अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण ब्रेक थ्रु हो । सम्झौताअन्तर्गत यो चार दिनमा हमासले इजरायलमाथिको आक्रमणका क्रममा उसले बन्दी बनाएर गाजा लगेका करिब २ सय ४० जनामध्ये ५० जना महिला तथा बालबालिकालाई मुक्त गरेको छ ।

प्रत्युत्तरमा इजरायलले उसका जेलमा रहेका प्यालेष्टिनी कैदीमध्ये १ सय ५० जना महिला तथा बालबालिकालाई मुक्त गरेको छ । संघर्ष बिरामको अवधि बढाउन पनि सकिने सम्झौतामा उल्लेख थियो । हमासले थप १० जना बन्धक रिहा गरेको अवस्थामा संघर्ष बिरामको अवधि अर्को एक दिनलाई लम्ब्याउने सहमति दुवै पक्षबीच भएको समाचारमा जनाइएको थियो । तर केवल दुई दिन मात्र युद्धविराम समय बढाएर पुनः इजरायलले एकतर्फी आक्रमण गरिराखेको छ । इजरायल यति असन्तुलित भएको छ कि गएको जनवरी २३ मा आफ्नै माइनमा परेर उसका २४ सेनाको मृत्यु भएको छ ।

यो घटनाले युद्धमा इजरायलले जे भनेता पनि गजामाथिको एकतर्फी नरसंहारकारी आक्रमणबाट उसले कुनै ठोस उपलब्धि हासिल गर्न सकेन । बरु उल्टै इजरायल अन्तर्राष्ट्रियस्तरमा बदनाम हुन पुग्यो । हमासले आफ्ना जनतालाई इजरायलले जसरी बन्दि बनाएको थियो र अइजरायलमाथिको आक्रमणको मुख्य मुद्दा उनीहरुको रिहा भनेको थियो ४ दिने युद्ध विरामका क्रममा ठूलो संख्यामा प्यालेस्टिनीहरु रिहा भएका छन् ।

रुस—युक्रेनको युद्धले विराम लिएको छैन । झनै चर्कि रहेको छ । इजरायलले खुलेआम गाजामा आक्रमण गरिराखेको छ । कसैले रोक्ने चेस्टा गरेको छैन । संयुक्त निरिह बनेको छ । प्यालेस्टिनको गाजामा मात्र नभएर विश्वको कुनै पनि भूभागमा युद्ध भड्किने सम्भावना अहिलेको विश्वको परिस्थितिले संकेत गरिराखेको छ ।
युद्धको आकार र घनत्व बढ्दै गएको छ । लिवियाले लाल सागरबाट तेल बोक्ने जहाजमाथि लगातार आक्रमण गरिरहेको छ ।

युद्धविराम पछि

६ दिने युद्ध विरामपछि इजरायलले आक्रमण शुरु गर्यो । उसको आक्रमण इजरायललाई प्रत्युत्पादक भैराखेको छ । मध्य एसियाका देशहरुले विभिन्न तरिकाद्वारा हमासलाई समर्थन गरिहेका छन् । ८० प्रतिशत गाजा बासी त्यहाँबाट विस्थापित हुनुको मुख्य दोषी इजरायल हुन पुगेको छ । अमेरिका, बेलायतजस्ता इजरायलका मेरुदण्डले समेत आक्रमण रोक्न भनिरहेका छन् । संयुक्त राष्ट्र संघमा हुने गरेका युद्ध रोक्न गरिएका मतदानमा इजराय विरुद्ध मत पर्ने गरेको छ । इजरायलका विरुद्ध युरोप भरी ठूला प्रदर्शन भैराखेका छन् ।

रुस—युक्रेन युद्धबाट आहत भएका विश्वबासी र त्यसमा पनि जुन लक्ष्यसहित अमेरिकालगायतका नेटो देशहरुले युत्रेनलाई उक्साइ राखेका थिए त्यो युद्ध उनीहरुकालागि फदायी भएन । पछिल्लो इजरायल—हमास युद्धले सिंगो मध्य एसिया यिनीहरुका विरुद्ध एक भएका छन् ।

युद्धमा इरान तानियो !

७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्यो । त्यसको लगतै इजरायलले प्यालेस्टिनमाथि लगातार आक्रमण गरिराखेको छ । अहिलेसम्म १९ लाख जनता विस्थापित भएका छन् । ३४ हजार २६२ जना सर्वसाधारण, ९७ जना पत्रकार, २ सय २४ जना मानवअधिकारवादीहरुको मृत्यु भएको छ । पछिल्लो ६ महिनामा इजरायलले हमासलाई खतम पार्ने नाममा एकलौटी युद्ध थोपरिराखेको छ । उसले मचाएको नरसंहारका विरुद्ध मध्य एसियाका मुस्लिम देश र विद्रोहीहरुले जवाफी कार्वाही चलाइ राखेका छन् ।

इजरायमाथि आक्रमणमा इरान थपिएको छ । हुती विद्रोहीले गाजा पट्टीमा युद्धको जवाफमा, इजरायलतर्फ ड्रोन र मिसाइलहरू प्रहार गरेका थिए । हमासको समर्थन इजरायल र उसका समर्थकहरुको विरुद्ध भन्दै नोभेम्बर १९ मा, हुथीहरूले लाल सागरमा एक व्यावसायिक जहाज अपहरण गरेका थिए । तिनीहरूले व्यावसायिक जहाजहरूमा दर्जनौं मिसाइल र ड्रोन आक्रमणहरू सुरु गरेका छन् । हुथीहरूले सुरुमा भने कि उनीहरू इजरायलसँग जोडिएका जहाजहरू जो लालसागरबाट गएका थिए तिनीहरुमाथि आक्रमण गरिरहेका थिए, । तिनीहरूको स्थानमा अमेरिका र बेलायतको हवाई आक्रमणको प्रतिक्रियामा, हुथीहरूले हालसालै युके वा अमेरिकामा मालिक वा अपरेटरहरूसँग जोडिएका जहाजहरूलाई लक्षित गरेर आक्रमण गरेको थियो । उक्त आक्रमणकाकारण प्रमुख ढुवानी कम्पनीहरूले लाल सागर प्रयोग गर्न बन्द गरेका थिए – जसबाट विश्वव्यापी समुद्री व्यापारको लगभग १५% प्रायः पास हुन्छ – र यसको सट्टा दक्षिणी अफ्रिका वरिपरि धेरै लामो मार्ग प्रयोग गर्दै छन् । यसले गर्दा अमेरिका, बेलायतजस्ता देशको अर्थतन्त्रमा निकै ठूलो असर परेको थियो ।

इरान तानियो

इरान र इजरायका बीचमा लामो समयदेखि दुश्मनी पूर्ण सम्बन्ध रहेको छ । २०१० र २०२० को बीचमा, पाँच इरानी आणविक वैज्ञानिकहरू (मसूद अली–मोहम्मदी, माजिद शहरारी, दारियस रेजाइनजाद, मोस्तफा अहमदी रोशन, र मोहसेन फख्रीजादेह) विदेशी–सम्बन्धित हत्याहरूमा मारिएका थिए । २७ नोभेम्बर २०२० मा, इरानको आणविक हतियार कार्यक्रमका कथित प्रमुख मोहसेन फख्रिजादेहको हत्या गरियो । इरानका विदेश मन्त्री मोहम्मद जवाद जरिफले फख्रीजादेहको हत्यामा इजरायलको हात रहेको आरोप लगाएका छन् । यो हत्याको योजना अमेरिकाको सहयोगमा इजरायलले बनाएको कुरा सार्वजनिक संचार माध्यमहरुमा आएका थिए ।

इजरायली युद्धक विमानहरूले मङ्गलबार (अप्रिल २) सिरियाको दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासको भवनमा आक्रमण गर्दा इरानी कुड्सका वरिष्ठ नेता जनरल मोहम्मद रेजा जाहेदीसहित कम्तीमा १३ जनाको मृत्यु भएको थियो । उक्त आक्रमणको जिम्मा घुमाउरो पारामा इजरायलले लिएको थियो । उक्त घटनाको छिट्टै नै बदला लिने कुरा इरानले सार्वजनिक गरेको थियो । अप्रिल १३ मा इजरायलमा इरानको प्रतिशोधात्मक आक्रमण गरेको थियो । इजरायली युद्ध मन्त्रिपरिषद्ले आक्रमणको प्रतिक्रिया विचार गर्न अप्रिल १५ मा बैठक गर्यो । १७ अप्रिलमा, बेन्जामिन नेतान्याहुले भने कि इजरायलले इरान विरुद्ध कसरी बदला लिने भन्ने बारे “हाम्रो आफ्नै निर्णय“ गर्नेछ । १९ अप्रिलमा, इजरायलले इस्फाहान नजिकैको एक सहित इरानी सैन्य साइटहरूमा प्रतिक्रियात्मक मिसाइल हमलाहरूको श्रृंखला शुरू गर्यो । दुवै पक्षका आक्रमणपछि अहिले केही समयका लागि इजरायल र इरानको बीचको युद्ध रोकिएको छ ।

फस्दै गएको साम्रमज्यवाद

माओले साम्राज्यवाद भनेको युद्ध हो भन्नु भएको छ । साथै उहाँले साम्राज्यवादलाई कागजी बाघ पनि भन्नु भएको छ । लेनिनले पूँजीवादले आफ्नो लुटको स्वर्ग विस्तार गर्न युद्ध थोपर्छन् भन्नु भएको छ । साम्राज्यवाद आफ्नो हितकालागि नरसंहार मचाउन पछिपर्दैन भन्नु भएको छ । अहिल ठीक यस्तै भएको छ । अमेरिकी साम्राज्यवादले आफ्ना अक्षका राज्यहरु सहित युक्रेन र प्यालिस्टेनमा युद्ध थोपरेको छ । अमेरिकाले इजरायल र त्यहाँका शासक बेञ्जामिन नेता न्याहुँले गाजामा नरसंहार मचाइरहेका छन् । ७ महिनाको दौरानमा ३५ हजार भन्दा बढि जनताको ज्यान गएको छ । बीबीसीका अनुसार गाजामा रहेका मध्ये आधाभन्दा बढि घर ध्वस्त भएका छन् ।

अहिले बाहिर देखाउनका लागि मात्रै भए पनि अहिले इजरायले आक्रमण गरिरहेको रफाल क्षेत्रबाट हटे मात्र अमेरिकाले युद्ध सामग्री दिने भनि राखेको छ । यसबाट अमेरिका युक्रेनमा फसेको छ नै साथै इजरायल—हमास युद्धमा पनि नराम्ररी फस्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।