0 COMMENTS

जेठ ७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) का संयोजकलाई प्रहरीले गिरफ्तार गरेको सातदिनपछि आइतबार रिहा गरेको छ । राईको रिहाइका लागि देशव्यापी दबाबपछि प्रहरीले हिरासतमुक्त गरेको हो । स्रोतका अनुसार प्रहरी प्रशासनले संयोजक राईलाई झुठा मुद्दा लगाउने षड्यन्त्र गरिरहेको थियो । तर अखिल (क्रान्तिकारी) ले गृहमन्त्रीको पुत्लादहनदेखि आम शैक्षिक हड्तालसम्मका संघर्षका कार्यक्रम सार्वजनिक गरेपछि संयोजक राईलाई रिहाइ गर्न प्रहरी प्रशासन बाध्य भएको हो ।

प्रहरी प्रशासनले विद्यार्थी एकता दिवसको पूर्वसन्ध्यामा बालाजु क्षेत्रबाट अपहरणको शैलीका गिरफ्तार गरी बालाजु प्रहरी वृत्तमा गैरन्यायिक हिरासतमा राखेको थियो । संयोजक राईको रिहाइका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सो पार्टी सम्बद्ध ११ वटा जवस मोर्चा र सम्बन्धित अखिल (क्रान्तिकारी) ले प्रेस वक्तव्य जारी गरी दबाब दिएका थिए ।

आइतबार रिहाइ भएका राईलाई अविर माला लगाएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र सम्बद्ध संगठनका नेताहरुले भव्य स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।