0 COMMENTS

असार १६, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जनश्रम अन्तरगत सहिद परिवारको धान रोपाई गर्ने तयारी गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयका अनुसार जिल्ला पार्टीको पाँचौ पूर्ण बैठकले भष्ट्राचार बिरोधी अभियानकै बीचमा धान रोपाई समेत गर्ने निर्णय गरेको थियो ।

“कम्युनिस्टहरु श्रमबाट कटेको ब्यापक जनगुनासो छ, हामी सच्चा क्रान्तिकारीहरु श्रमबाट कट्नु राम्रो बिषय होइन ” – युवा नेता पाण्डेयले भने–”उत्पादनका कामहरुको दीर्घकालीन योजना बनाएका छौँ, तत्काल सहिद परिवारको धान रोपाईं गरेर श्रममा जोडिँदैछौँ ।” उनले असार १६ गते बर्दघाट–१० अल्हावलस्थित जनयुद्धका सहिद खोरबहादुर चौधरीको जिवनसङ्गिनी बिद्या चौधरीको खेतमा धान रोपाई गर्ने योजना रहेको बताए । “करिब १५ देखि २० जनाले श्रम गर्ने योजना छ”–उनले भने– “जनश्रम पनि आन्दोलनको एक हिस्सा हो । जसले उत्पादनलाई मद्धत गर्छ ।”

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापाको अभिभावकत्व र नेतृत्वमा कार्यक्रम हुने पार्टीले जनाएको छ । थापा आफैँ पनि सहिद परिवार रहेका छन् । उनका सहोदर भाई सुर्यबिक्रम थापा सलीम जनयुद्धमा सहिद भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।