0 COMMENTS

असार १६, काठमाडौँ । क्रान्तिकारी युवा संघ नेपाल दाङको जिल्ला भेला सम्पन्न भएको छ । आइतबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संघ नेपाल जिल्ला सङ्गठन समिति दाङको जिल्ला भेला सम्पन्न भएको हो ।

भेलाले विरेन्द्र खड्काको संयोजकत्वमा १५ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी निर्माण गरेको छ । साथै उक्त भेलाले सङ्गठन निर्माण र भ्रष्टाचार, वेथिति र कुशासन बिरुद्ध व्यापक प्रतिरोध गर्ने निर्णयसमेत गरेको छ ।

प्रमुख अतिथि व्युरो इन्चार्ज अटलको उपस्थितिमा जिल्ला भेलाको अध्यक्षता तथा सञ्चालन विरेन्द्र खड्का गरेका थिए ।

आइतबार सम्पन्न क्रान्तिकारी युवा संघ नेपालको भेलामा उल्लेख्य सहभागिता रहेको प्राप्त समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।