मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध

कात्तिक २१, मुस्ताङ । मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि...

पोखरामा बन्यो भैरव मन्दिर

कात्तिक २१, कास्की । काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव मन्दिर पोखराको भैरवटोलमा रु एक करोड ७० लाख ८८ हजार ६१५ को लागतमा निर्माण भएको छ ।...

महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमका लागि जुट्यो एक करोड

कात्तिक १९, ढोरपाटन । मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि सहयोग जुटाउन महायज्ञ सुरु गर्न अघि नै रु एक करोड सङ्कलन भएको छ । यही कात्तिक २१ गतेदेखि २८ गतेसम्म...

दाउन्ने खण्डमा सवारीसाधनको लामो जाम, यात्रुहरू रातभर सडकमै अलपत्र

कात्तिक १६, नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा सवारीसाधनको लामो जाम भएपछि यात्रुहरू रातभर सडकमै अलपत्र परेका छन्। लगातारको वर्षा र सडकमा बिग्रिएका सवारीसाधनका कारण राजमार्गमा सयौँ गाडीहरूको लामो लाइन...

वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध

कात्तिक १३, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी...

मनाङमा पदयात्रा गर्न एक सातासम्म रोक

कात्तिक १३, मनाङ । अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाइएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान जिल्ला प्रशासनले आह्वान गरेको हो...

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

कात्तिक १२, मनाङ । गत सोमबारदेखि परेको हिमपात रोकिएको छ । मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान (चार हजार ९१९ मिटर) मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भञ्ज्याङ (पाँच...

डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालनको तयारीमा

कात्तिक १२, पर्वत । निर्माण सम्पन्न भएको डेढ वर्षपछि जिल्ला सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गर्ने तयारी भएको छ । मङ्गलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षीय छलफलमा यही कात्तिक...

मुस्ताङ र मनाङमा भारी वर्षा

कात्तिक ११, काठमाडौँ । पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका सूचना...

सामूहिक फूलखेतीमा महिलाहरू

असोज ३०, तनहुँ । यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन्। गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन्। यहाँका महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल...