0 COMMENTS

जेठ ४, गुल्मी । गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका –१, मक्वादिस्थित रिडि–तम्घास पक्की सडक खण्डमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।

बिहीबार पोखरादेखि तम्घासतर्फ आउँदै गरेको गरेको लु १ ख ८१७५ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये चालक र सहचालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको छ । उक्त बसमा १३ जना यात्रुहरू सवार रहेका थिए ।

घाइतेमध्ये एक जनाको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको छ । भने १२ जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको प्रहरीले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।