0 COMMENTS

जेठ ४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । बिहीबार सो सङ्गठनले आफ्ना संयोजक मिलन राईलाई पक्राउ गरिएको विरोधमा देशभर गृहमन्त्रीको पुतला जलाएको संगठनका सहसंयाेजक उपाध्यक्ष पेशल दाहालले जानकारी दिनुभयाे । 
विध्यार्थी एकता दिवसकाे पुर्वसन्ध्यामा गिरफ्तार गरी प्रहरीले राईलाई प्रहरी वृत बालाजुमा राखेकाे छ । संयाेजक राईलाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी झुठा मुद्दामा फसाउन खाेजेकाे साे संगठनले जनाएकाे छ । संयोजक राईलाई रिहाई नगरिए आइतबार देशव्यापी शैक्षिक हडतालको गर्ने यसअघि नै घोषणा गरिसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।