0 COMMENTS

वैशाख ३१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जेठ १० गतेसम्म सबै प्रदेशमा एकता समायोजन सम्पन्न गर्ने निर्णय गरेको छ । 

वैशाख १९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच पार्टी एकता भएपछि केन्द्रीय कार्यालय कुपोण्डलमा तीन दिनसम्म कार्यालय बैठक बसेको थियो । बैठकले समायोजनका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सात सदस्यीय कार्यदल गठन गरेको थियो ।

एकता प्रक्रियामा जोडिएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मोहन वैद्य ‘किरण’ को संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको थियो । जसमा धर्मेन्द्र बास्तोला र सन्तबहादुर नेपाली सहसंयोजक रहेका छन् । यस्तै पाँच जनाको कार्यसम्पादन मण्डल, २५ जनाको कार्यालय, ८० जनाको सचिवालय, र ३१९ जनाको आयोजक समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।