0 COMMENTS

वैशाख ३१, कास्की । कास्की जिल्लामा सञ्चालनमा रहेका सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्था लिमिटेड, इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शिव शिखर बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिन्ध्यवासिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायतका केही सहकारीहरुबाट रकम अपचलन भएको र सञ्चालकहरु अकूत रकम लिएर फरार भैरहेको र यो वचत रकम ठगी धन्दामा सरकारमा रहेका उच्च पदस्थ जिम्मेवार व्यक्तिहरु नै प्रत्यक्षरुपमा संलग्न भएका यथेष्ट प्रमाणहरु भेटिएको दावी गरिएको छ ।

यसरी पिडीत वचतकर्ताहरुको वचत रकमको रक्षा, अविलम्ब उनीहरुको वचत रकम फिर्ता,नियम अनुसार सञ्चालित सहकारीहरुको रक्षा र पिडीत र आन्दोलित वचतकर्ताहरुको भौतिक सुरक्षाको समेत माग गर्दै कास्कीका पाँच कम्युनिस्ट पार्टीहरुल संयुक्त प्रेस विज्ञप्ति जारी गरका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा उनीहरुले यदि सरकारले उक्त समस्या समय मै समाधान नगरेमा चरणवद्ध आन्दोलनमा जान वाध्य हुने कुरा समेत उल्लेख गर्र्दै सरकार र सरोकारवाला सहकारीहरुलाई ध्यानाकर्षण गराउन चाहन्छौं भनिएको छ ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कास्की जिल्ला इन्चार्ज केश बहादुर परियार, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का कास्की जिल्ला प्रवक्ता चन्द्र वाहदुर केसी, नेपाल समाजवादी पार्टी कास्कीका इन्चार्ज टीकाराम पौडेल, नेपाल कम्युनिस्ट पार्टी कास्कीका सचिव उमेश सी. र राष्ट्रिय जनमोर्चा, कास्कीका प्रतिनिधि सन्तोष पौडेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।