0 COMMENTS

वैशाख २३, काठमाडौँ । ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । आइतबार ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागी हुँदा पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् । उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

मोबिल स्टोर रहेको टहरोमा आलगागी भएको सुवेदीले बताए । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।