0 COMMENTS

वैशाख २३, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य चन्द्रहरि सुवेदी ‘अटल’ तथा क्रान्तिकारी महिला संगठन प्रदेश ३ की सहसंयोजक दुर्गा सुवेदीका प्रिय सुपुत्र शैलेन्द्रहरि सुवेदीको शनिबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । शैलेन्द्रहरि सुवेदीको सडक दुर्घटनामा परी बैशाख १० गते उपचारको क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको थियो ।

शनिबार चितवनको शारदा नगरस्थित आफ्नै निवासको प्राङ्गणमा भएको श्रद्धाञ्जली सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हरिभक्त कडेल प्रतीक, सचिवालय सदस्य अम्बिका मुडभरी, चितवन जिल्ला इन्चार्ज ध्रुव, प्रदेश २ का सहसंयोजक नयन, प्रदेश ५ का सहसंयोजक समीर, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सहसंयोजक इश्वर तिमल्सिना र एमालेका वडा समितिका सदस्य शिवराज सुवेदी लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा मृतकका बुबा अटलले छाेराकाे संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएकाे थियाे । 

दुर्गा सुवेदीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका चितवन जिल्लाका संयोजक घननाथ सापकोटा विकासले गर्नुभएको थियो । श्रद्धाञ्जली कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । 

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रदेश ३ काे तर्फबाट समवेदना पत्र कार्यक्रमका प्रमुख अतिथि हरिभक्त कडेलले शैलेन्द्रहरिका बुबा तथा पार्टीका कार्यालय सदस्य एवम् प्रदेश ३ का संयाेजक चन्द्रहरि सुवेदी अटललाई हस्तान्तरण गर्नुभएकाे थियाे । 

कार्यक्रममा क्रान्तिकारी महिला संगठन प्रदेश ३ को तर्फबाट संयोजक धनमाया निरौला अनुले समवेदना पत्र संगठनकी केन्द्रय अध्यक्ष अम्बिका मुडभरीमार्फत् संगठनकी प्रदेश ३ की सहसंयोजक दुर्गा सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीका सल्लाहकारहरु भूमिश्वर कँडेल, दिवाकर न्यौपाने, बाबुराम परियार, धावा तामाङ, सहिद परिवारको तर्फबाट खड्ग कुँवर, सुरेद्र गुरुङ, परिवारको तर्फबाट हजुरबुबा सोमहरि सुवेदी, बुबा चन्द्रहरि सुवेदी, आमा दुर्गा सुवेदी, श्रीमती सपना अधिकारी सुवेदी लगायत अन्य आफन्तहरुको उपस्थिति रहेको थियो । मृतकको तस्बीरमा फुलगुच्छा अर्पण गरी एक मिनेट मौनधारणसहित श्रद्धाञ्जली कार्यक्रमको सुरुवात गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।