0 COMMENTS

वैशाख २३, काठमाडौँ । जुलाई २०२४ मा फ्रान्समा हुने ओलम्पिकका लागि दक्षिण एसियाली ओलम्पिक छनौट प्रतियोगिता नेपालमा हुने पक्का भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै छनोट प्रतियोगिता वैशाख ३१ देखि जेठ २ गतेसम्म हुने जानकारी दिएको हो।

छनोट प्रतियोगितामा नेपालको तर्फबाट संयोग कपाली, सान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले प्रतिनिधित्व गर्ने मुख्य प्रशिक्षक राजेन्द्र कपालीले बताए। नेपालको मुख्य चुनौती भनेको श्रीलंकाका खेलाडी रहने भएकाले सोही अनुसार तयारी गरिएको प्रशिक्षक कपालीले बताए।

छनोटमा नेपालसँगै बगंलादेश, मालदिभ्स, पाकिस्तान र श्रीलंकाबाट समान २ महिला र पुरुष खेलाडी गरि २० खेलाडीले सहभागिता जनाउनेछन्। छनोट प्रतियोगिताबाट पुरुष १ र महिला १ खेलाडीले फ्रान्समा हुने ओलम्पिक खेलको लागि छनौट गरिनेछ। एसियाबाट ६ देशले सहभागिता जनाउने भए पनि भारतबाट यसअघि नै खेलाडी छनोट भइसकेका छन्। नेपालमा पहिलो पटक ओलम्पिकको छनोट हुन लागेको हो।

प्रतियोगितामा खाना तथा बसोबासको व्यवस्था नेपाली घरले गरेको छ। नेपाली घरले करिब ५ लाख रुपैयाँ बराबरको प्रायोजन गरेको छ। छनोट प्रतियोगिता गर्न करिब १० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ। छनोट प्रतियोगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौर कबर्ड हलमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।