0 COMMENTS

वैशाख ६, काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले शिक्षण संस्थामा गरिएको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गरेको छ । सो संगठनका केन्द्रीय संयोजक मिलन राईले एक प्रेस विज्ञप्ति जारी गरी निजी विद्यालयहरुले गरेको शुल्कवृद्धि खारेज गर्न र अन्य अनैतिक गतिविधि नगर्न सबै शिक्षण संस्थाहरुलाई हार्दिक अपिल गर्नुभएको छ । विज्ञप्तिमा यदि यस्ता कार्य भए/गरेको पाइएमा संगठनले कडा संंघर्ष गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावनी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको संसदीय संविधानको धारा ३१ को उपधारा २ मा उल्लेख भएबमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क साथै माध्यामिक तहसम्मको शिक्षा निःशुल्क भनिएको भए पनि कार्यान्वयन भएको अवस्था छैन । हाल नयाँ शैक्षिक सत्र सुरुवातीको समयमा शिक्षा क्षेत्रमा तमाम खालका समस्याहरु देखापरिरहेका छन् । सरकारी/सामुदायिक र निजी शिक्षण संस्थाहरुले विद्यार्थीबाट विभिन्न शिर्षकमा शुल्क उठाउने, अत्यधिक शुल्क वृद्धि गर्ने, प्रारम्भिक चरणबाटै प्रवेश परीक्षाको नामबाट विद्यार्थीको पढ्न पाउने अधिकारबाट बञ्चित गर्ने, खेलकूद सामग्री, किताब/कपी लगायत स्टेशनगरी सामग्रीको व्यापार विद्यालय हाताभित्र नै गर्ने जस्ता अनैतिक र अवैधानिक गतिविधि भइरहेको विद्यार्थी र अभिभावकको व्यापक गुनासो आइरहेको छ । सबै तहको सरकारको निरीह र मुकदर्शक बन्न पुगेको छ । अझ शुल्कवृद्धि गर्ने मतियार पनि बनिरहेका छन् । निम्न आयस्तर भएका नागरिकको छोराछोरी विद्यालय शिक्षाबाट बञ्चित हुनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर राज्य आफैले संविधानमा व्यवस्था गरेको निःशुल्क शिक्षाको प्रावधानका विरुद्धमा छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।