0 COMMENTS

वैशाख ७, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा एक किलो सुन बरामद भएको  हो ।

विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको पोखरेलले बताए । प्रहरीको मुभमेन्ट देखिएपछि लिएर आएका व्यक्ति सुन छाडेर भागेको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।