0 COMMENTS

वैशाख ५, काठमाडाैँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाहलाई टेकु प्रहरी परिसरले साँझ रिहा गरेकाे छ । उनीहरूलाई स्वागत गर्न संगठनकाे नेताकार्यकर्ताहरू खादा लगाएर सम्मान गरेकाे जनाएकाे छ ।

संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाह दुबै जनालाई मंगलबार दिउसाे प्रहरीले अखिल (क्रान्तिकारी) काे केन्द्रीय कार्यालय बागबजारबाट बिनाकारण गिरफ्तार गरेकाे जानकारी सह-संयोजक पेशल दाहालले प्रेस वक्तव्यमार्फत् जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।